सातौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना हुने  « Khabarhub

सातौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना हुने 


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन– सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी बैशाख २२ गतेदेखि चितवनको भरतपुरमा आयोजना हुने भएको छ ।

चितवन उद्योग संघको आयोजना र नेपाल उद्योग परिसंघको प्रवर्द्धन सहयोगमा हुने प्रदर्शनी तीन दिनसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुरमा आयोजना हुन लागेको हो । चितवन उद्योग संघ र नेपाल उद्योग परिसंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व अभिवृद्धि गर्न औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको जनाएको हो ।

प्रदर्शनीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी २०० बढी प्रविधिसहितको प्रदर्शनीका स्टल रहने चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । नेपाली उत्पादनको बजारीकरण र प्रविधि हस्तान्तरणका लागि प्रदर्शनी उपयुक्त हुने उनले बताए ।

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मुलुकमा देखिएको आर्थिक समस्याका कारण उद्योग क्षेत्रमा समेत समस्या परिरहेको अवस्थामा औद्योगिक प्रदर्शनी हुनु सकारात्मक भएको बताए । यसले सम्पूर्ण उद्योगीहरूको मनोमल बढाउन मद्दत पुग्ने उनको विश्वास छ । 

औद्योगिक, प्याकेजिङ, पूर्वाधार, अटोमोबाइल्स कृषि जस्ता क्षेत्रका प्रविधि प्रदर्शनीमा बढी प्राथमिकतामा रहेको आयोजकले बताएका छन् ।  

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ४ : २४ बजे

विमानस्थल बन्यो, जहाज उड्ने टुङ्गो छैन

बागलुङ– बागलुङस्थित बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक

जनशक्ति अभावबीच सेवा प्रवाह गर्दै मेथिनकोट अस्पताल

बनेपा – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक

एलन मस्क फेरि बने विश्वकै धनी व्यक्ति  

न्युयोर्क– एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमण र सुशासन

लामो प्रतिक्षापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले भारत भ्रमणमा छन्।

एमालेको सचिवालय बैठक भोलि, के छ एजेन्डा?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक भोलि