सातौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना हुने  « Khabarhub

सातौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना हुने 


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन– सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी बैशाख २२ गतेदेखि चितवनको भरतपुरमा आयोजना हुने भएको छ ।

चितवन उद्योग संघको आयोजना र नेपाल उद्योग परिसंघको प्रवर्द्धन सहयोगमा हुने प्रदर्शनी तीन दिनसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुरमा आयोजना हुन लागेको हो । चितवन उद्योग संघ र नेपाल उद्योग परिसंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व अभिवृद्धि गर्न औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको जनाएको हो ।

प्रदर्शनीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी २०० बढी प्रविधिसहितको प्रदर्शनीका स्टल रहने चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । नेपाली उत्पादनको बजारीकरण र प्रविधि हस्तान्तरणका लागि प्रदर्शनी उपयुक्त हुने उनले बताए ।

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मुलुकमा देखिएको आर्थिक समस्याका कारण उद्योग क्षेत्रमा समेत समस्या परिरहेको अवस्थामा औद्योगिक प्रदर्शनी हुनु सकारात्मक भएको बताए । यसले सम्पूर्ण उद्योगीहरूको मनोमल बढाउन मद्दत पुग्ने उनको विश्वास छ । 

औद्योगिक, प्याकेजिङ, पूर्वाधार, अटोमोबाइल्स कृषि जस्ता क्षेत्रका प्रविधि प्रदर्शनीमा बढी प्राथमिकतामा रहेको आयोजकले बताएका छन् ।  

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ४ : २४ बजे

पहिलो हाफ: मेसीको गोलमा अर्जेन्टिनाको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

कालीकोटमा भेटियो रेडपान्डा

कालीकोट– कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर