सिद्धिगणेशद्वारा जात्रालुलाई खानेपानी उपलब्ध  « Khabarhub

सिद्धिगणेशद्वारा जात्रालुलाई खानेपानी उपलब्ध 


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– पानी जीवन हो । पानीविना मानिस बाँच्नै सक्दैन । यही कुरालाई मध्यनजर गरी भक्तपुरको चोर्चास्थि सिद्धिगणेश सहकारी संस्था लिमिटेडले सोमबार खानेपानीको सुविधा उपलब्ध गराएको छ ।

कार्यालय नजिकै स्टल राखेर निःशुल्क खानेपानीको सुविधा उपलब्ध गराएको हो । बाटोको छेउमा पानीको जारहरु, पानी खन्याउने भाँंडो, जगलगायतका सामान तथा स्वयंसेवक परिचालन गरी पानी खुवाउने बन्दोवस्त मिलाएको हो । 

बिस्का जात्राको क्रममा सोमबार भक्तपुरमा ठूलो जात्रा हुन्छ । यसलाई स्थानीय भाषामा द्यो स्वगं वियगू (देवतालाई सगुन चढाउने जात्रा) भनिन्छ । यो क्रममा दिनभर भक्तपुर नगरभरि मानिसको भिड नै लागेको हुन्छ । बिहानदेखि रातिसम्म नगरभरि सबैतिर भीड लाखेको हुन्छ । यही भीडमा रहेकाहरूलाई पानीको तिर्खा लाग्ला र उनीहरु पानीको लागि छटपटिएला भनेर पानीको सुविधा दिएको संस्थाले जनाएको छ । 

संस्थाका कर्मचारी चन्द्र दुमरुले संस्थाले वर्षमा एक पटक यो जात्रामा मात्रै नभई नगरमा भइरहने जात्रापर्वमा यस्तै जनहितकारी कामहरू गर्दै आएको सुनाए । यसका साथै संस्थाले विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आएको जानकारी उनले गराए । 

सिद्धीगणेश सहकारी संस्था भक्तपुरकै सबैभन्दा ठूलो सहकारी संस्था हो । यसको केन्द्रिय कार्यालय भक्तपुर नगरपालिकाको चोर्चामा रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ५ : २७ बजे

पार्टी बलियो बनाउन नेतृत्व फेर्न पनि तयार छु : राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह