नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो « Khabarhub

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष ०८१-८२ को आफ्नो १४औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार नेपालमा सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रणका लागि चालिएका कदमहरूमा उल्लेख्य प्रगति देखिएको छ ।

समीक्षा अवधिमा वित्तीय संस्थाहरूबाट प्राप्त हुने शंकास्पद कारोबार रिपोर्ट र शङ्कास्पद गतिविधि रिपोर्टको सङ्ख्यामा ३० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा ७ हजार ३३८ वटा यस्ता रिपोर्ट प्राप्त भएकोमा यस वर्ष यो संख्या बढेर ९ हजार ५६५ पुगेको छ । रिपोर्टिङमा भएको यो वृद्धिले वित्तीय क्षेत्रमा सतर्कता बढेको र अनुगमन प्रणाली प्रभावकारी हुँदै गएको संकेत गर्दछ ।

वित्तीय जानकारी इकाईले सबै शंकास्पद कारोबारको रिपोर्टिङलाई पूर्ण रूपमा डिजिटल बनाएको छ । प्रतिवेदन अनुसार गोएमएल प्रणालीमा आबद्ध हुने सूचक संस्थाहरूको संख्या ११३.३६ प्रतिशतले वृद्धि भई ३ हजार ४९७ पुगेको छ । विशेष गरी सहकारी, बहुमूल्य धातु व्यापारी र रेमिट्यान्स कम्पनीहरूलाई यो प्रणालीमा आबद्ध गराउने कार्यमा ठूलो सफलता मिलेको तथ्यांकमा उल्लेख छ ।

सन् २०२५ को फेब्रुअरीमा एफएटिएफले नेपाललाई खैरो सूची मा राखेको सन्दर्भलाई प्रतिवेदनले गम्भीरतापूर्वक उल्लेख गरेको छ । नेपालले पहिचान गरिएका रणनीतिक कमजोरीहरूलाई सम्बोधन गर्न दुई वर्षे कार्ययोजनामा सहमति जनाएको छ । खैरो सूचीबाट बाहिर निस्कनका लागि इकाईले जोखिममा आधारित अवधारणा, प्रविधिको प्रयोग र नियामक निकायहरूबीचको समन्वयलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।

प्रमुख वित्तीय अपराधका क्षेत्रहरू

इकाईको विश्लेषण अनुसार नेपालमा विशेष गरी राजस्व छली, बैंकिङ ठगी, मुद्रा र बैंकिङ सम्बन्धी कसुर, हुण्डी र क्रिप्टो–करेन्सी मार्फत हुने सम्पत्ति शुद्धीकरणका जोखिमहरू प्रमुख रूपमा देखिएका छन् । समीक्षा अवधिमा इकाईले ९४५ वटा वित्तीय सूचनाका प्रतिवेदनहरू नेपाल प्रहरी, राजस्व अनुसन्धान विभाग लगायतका कानून कार्यान्वयन गर्ने निकायहरूमा थप अनुसन्धानका लागि पठाएको छ ।

बढ्दो डिजिटल अपराध र जटिल वित्तीय संरचनालाई मध्यनजर गर्दै वित्तीय जानकारी इकाईले आगामी दिनमा आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ जस्ता आधुनिक प्रविधिको प्रयोग गर्ने योजना बनाएको छ । यसबाट ठूलो परिमाणमा प्राप्त हुने तथ्याङ्कहरूको विश्लेषण गरी लुकेका वित्तीय सञ्जालहरू पहिचान गर्न सहज हुने इकाईको विश्वास छ । 

इकाईका प्रमुख बासुदेव भट्टराईले प्रतिवेदनमार्फत नेपालको वित्तीय प्रणालीको अखण्डता जोगाउन र अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्न सबै सरोकारवाला निकायहरूको सहयोग अनिवार्य रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ५ : २२ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद