जी–७ का शीर्ष कूटनीतिज्ञबीच चीनबारे एकीकृत सन्देश प्रवाह गर्नुपर्नेमा जोड « Khabarhub

जी–७ का शीर्ष कूटनीतिज्ञबीच चीनबारे एकीकृत सन्देश प्रवाह गर्नुपर्नेमा जोड


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको चीनलाई हेर्ने दृष्टिकोणबारे टिप्पणी गरेसँगै यस विषयमा एकीकृत सन्देश प्रवाह गर्न जी–७ का शीर्ष कूटनीतिज्ञहरूले सोमबारदेखि जापानमा छलफल सुरु गरेका छन् ।

बेइजिङ भ्रमणपछि म्याक्रोँले युरोपले ‘आफूसँग सरोकार नराख्ने विवाद’ बाट बच्नुपर्ने अभिव्यक्ति दिएपछि उत्पन्न भएको बुझाइलाई समाधान गर्न जी ७ का विदेशमन्त्रीहरू लागिपरेका हुन् । सोमबार बिहान औपचारिक वार्ता सुरु हुनुअघि नै चीनसँगको विषय छलफलको एजेन्डामा थियो ।

विशेष बुलेट ट्रेनमा कारुइजावाको पहाडी रिसोर्ट शहरमा आइपुगेपछि समूहले चीन र उत्तर कोरियाबारे एक ‘वर्किंग डिनर’ आयोजना गरेको थियो । जापानका विदेशमन्त्री योशिमासा हयाशीले आफ्ना समकक्षीहरूलाई ‘जी–७ को एकता अत्यन्त महत्वपूर्ण भएको’ बताए ।

सोमबारको पहिलो सत्र फेरि चीन र क्षेत्रीय चुनौतीमा केन्द्रित भएको थियो र हयाशीले अन्तर्राष्ट्रिय समुदायलाई ‘इतिहासको टर्निङ प्वाइन्टमा’ रहेको चेतावनी दिँदै वार्ताको सुरुवात गरेका थिए ।

उनले ‘विधिको शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा गर्न’ जी–७ को दृढ सङ्कल्प विश्वसामु प्रदर्शन गर्न आफ्ना समकक्षीहरूलाई आग्रह गरे । आयोजक जापानले क्षेत्रीय चुनौतीहरूलाई कार्यसूचीको शीर्षस्थानमा राख्न चाहेको छ र ताइवानमा चिनियाँ सैन्य अभ्यास र उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणलगायत हालैका घटनाहरूले यसको ध्यान खिचेको छ ।

मन्त्रीहरूबीच वार्ता सुरु हुनासाथ अमेरिकी नौसेनाले ताइवान जल क्षेत्र हुँदै ‘गाइडेड मिसाइल डिस्टोयर्स’ जहाज चलाएको विषयमा छलफल गरिएको थियो ।

म्याक्रोँको टिप्पणीको विवादले अन्तिम वक्तव्यले चीन र स्वशासित ताइवानलाई कब्जा गर्ने उसको धम्कीबारे प्रयोग गर्ने भाषालाई नजिकबाट नियाल्नेछ । म्याक्रोँ र जी–७ का अन्य अधिकारीको बेइजिङ भ्रमण ‘छलफलको विषय’ हुने एक वरिष्ठ अमेरिकी अधिकारीले नाम नबताउने शर्तमा आइतबार बताएका छन् ।

“मलाई लाग्छ कि हामी कसरी एक साझा र ठोस दृष्टिकोणमा पूर्ण रूपमा संरेखित हुन निरन्तर प्रयास गर्छौँ भन्ने बारेमा छलफल हुनेछ ।

फ्रान्सका विदेशमन्त्री क्याथरीन कोलोनाले चीन र ताइवानसम्बन्धी नीतिमा कुनै परिवर्तन नभएको बताउनुभएको थियो भने उहाँले आगोमा थप इन्धन नहाल्न आग्रह गरेकी थिइन् ।

फिलाडेल्फियास्थित फरेन पोलिसी रिसर्च इन्स्टिच्युटका एसिया कार्यक्रमका निर्देशक ज्याक डेलिस्लेले भने “एकताका सबै बाहिरी अभिव्यक्तिका बाबजुद म्याक्रोँको टिप्पणीले मित्रराष्ट्रहरूबीच वास्तविक मतभेद छ भन्ने तथ्यलाई प्रतिबिम्बित गर्छ ।”

“चीनबारे युरोपको आकलन र ताइवानप्रतिको दृष्टिकोण अमेरिकाले रुचाएको स्थितितर्फ अघि बढेको छ । तर यसले सहमति ल्याउन सकेको छैन,” उनले भने ।

“चीनप्रति वासिङ्टनको दृष्टिकोण अझै नकारात्मक भएको छ र ताइवानप्रतिको समर्थनको सङ्केत अझ बलियो भएको छ, जसले युरोपेली र अमेरिकी स्थितिबीच खाडल कायम राखेको छ,” विज्ञप्तिमा भनिएको छ ।

युरोपभित्र पनि चीनको आलोचना र संलग्नताबीचको सही सन्तुलनका बारेमा फरक मत रहेको बताउँदै ईयूका शीर्ष कूटनीतिज्ञ जोसेप बोरेलले ‘प्रत्युत्पादक’ उपायविरुद्ध चेतावनी दिँदै भने ।

“चीन आक्रामक बन्दै गएको छ । तर हामीले चीनसँग निरन्तर सम्पर्कमा रहनुपर्छ र विश्वव्यापी चुनौतीहरूको समाधान खोज्नुपर्छ,” उनले आइतबार पत्रकारहरूसँग भने ।

“हामीले चीनसँग व्यापार जारी राख्नुपर्छ,” कोभिडका कारण जापान जान नपाएका बोरेलले बताए । उनले भने, “अन्यथा गर्नु प्रत्युत्पादक हुनेछ र अरू कसैले भर्ने खालीपन सिर्जना गर्नेछ, र हामीले चीनमा आर्थिक लाभ गुमाउनेछौं ।”

वासिङ्टन र टोकियो दुवैले बेइजिङको ‘आर्थिक जबर्जस्ती’ बारे चेतावनी दिएका छन् र भोलि जारी हुने अन्तिम वक्तव्यमा सेमी कन्डक्टरजस्ता संवेदनशील वस्तुको आपूर्ति शृङ्खलामा विविधता ल्याउन थप कदम चाल्न आह्वान गरिने बताइएको छ ।

जापान, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, युरोपेली सङ्घ, इटाली र जर्मनीका कूटनीतिज्ञहरू दिनको दोस्रो सत्रमा युक्रेनतर्फ फर्केका थिए र ‘प्रतिबन्धहरू रोक्न र प्रतिक्रिया दिन समन्वय गर्न र रूसलाई तेस्रो पक्षलाई हतियार आपूर्ति गर्न’ सहमत भएका थिए ।

जापानका प्रधानमन्त्री फुमियो किशिदामाथि शनिबार एक चुनावी कार्यक्रमका क्रममा विष्फोटक पदार्थ प्रहार भएपछि जापानले बैठकका लागि सुरक्षा व्यवस्था कडा पारेको छ ।

विस्फोटपछि निस्केको धूवाँको मुस्लोले कार्यक्रमलाई बिथोलिदिएको थियो, तर यसबाट किशिदालाई कुनै हानि भने भएन ।

यसैबीच, हयाशीले जी सेभेन बैठकमा यस विषयलाई हल्का लिँदै घटनालाई छायाँमा राख्ने प्रयास गरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ५ : ४८ बजे

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले