तीन जहाज खरिद गर्ने वायुसेवा निगमको निर्णय « Khabarhub

तीन जहाज खरिद गर्ने वायुसेवा निगमको निर्णय


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न सक्ने तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाइएको छ । निगमले आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो । निगमसँग आन्तरिक उडानका लागि हाल दुई थान ट्वीनअटर जहाज छन् । ती जहाजमार्फत विभिन्न पन्ध्र गन्तव्यमा साताको २५ उडान हुँदै आएको छ ।

यसबाट दुर्गम क्षेत्रका जनताको माग सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन सहयोग पुग्ने उनको विश्वास छ । तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उपसमितिले आफ्नो प्रतिवेदन पेश गरिसकेकाले यसका लागि विशेष पहल गरी यथाशक्य छिटो जहाज खरिद गरिने निगमले जनाएको छ ।

उक्त प्रयोजनका निम्ति निगम सञ्चालक समितिद्वारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधीर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको र उक्त उपसमितिले कार्य सुरु गरिसकेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

निगमले नयाँ तीन वटा जहाज खरिद गरेपश्चात् नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सकिने प्रवक्ता पौडेलले बताए। पर्यटन प्रवर्द्धन र सन्तुलित हवाइ बजारका लागि पनि निगमको उपस्थिति प्रभावकारी हुने जनाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ६ : १९ बजे

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल