नगरपालिकाद्वारा प्रत्येक महिना करदातालाई सम्मान « Khabarhub

नगरपालिकाद्वारा प्रत्येक महिना करदातालाई सम्मान


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङ नगरपालिकाले राजश्व संकलनको लक्ष्यमा पुग्न करदातालाई सम्मान गर्न थालेको छ । व्यवसायीलाई राजस्व समयमै तिर्न प्रोत्साहन गर्न नगरपालिकाले करदातालाई प्रोत्साहन गर्न थालेको हो । आन्तरिक राजस्वलाई बढाउन नगरपालिकाले प्रत्येक महिनाको कर बुझाउन नगरपालिका आउने करदातालाई सम्मान गर्न थालिएको नगरप्रमुख राजु खड्काले बताए ।

वैशाखको पहिलो करदाताको रुपमा बागलुङ नगरपालिका–३ की बन्दना श्रेष्ठलाई सम्मान गरेको खड्काले बताए । श्रेष्ठलाई नगरपालिकाको लोगोसहितको मायाको चिनो र दोसल्लाले सम्मान गरेको उनको भनाइ छ । 

नगर उपप्रमुख खड्काले भने– ‘समयै कर बुझाउनुपर्छ भन्ने प्रेरणा मिल्यो भने हिसाबले यो अभियान थालेका हौँ, कर बढाएर नभइ दायरा बढाउने, करदातालाई सम्मान गर्ने लगायतका विषयमा नगरपालिका अगाडि बढेको छ, अब करले हैन रहरले कर तिरौँ भन्ने अभियान हो, मासिक रुपमा पहिलो करदाता, धेरै कर तिर्ने करदाता र नियमित कर तिर्ने करदाता सम्मान गर्ने हाम्रो योजना हो, अहिले प्रत्येक महिनाको पहिलो करतादालाई सम्मान गर्न आइतबारदेखि शुरु गरेका छौँ ।’

नगरपालिकाले चालु आर्थिक वर्षमा नौ करोड आन्तरिक आयको अनुमान गरेको थियो । हालसम्म झण्डै ५० प्रतिशत (पाँच करोड) मात्रै कर संकलन गरेको छ । असार मसान्तसम्म राजश्व संकलन लक्ष्य नजिकसम्म पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए । 

नागरिकले नगरपालिकालाई तिर्नुपर्ने बाहल कर, सम्पत्ती कर, निकासी कर तथा सेवामुलक करलगायतको दायरा बढाउँदै आन्तरिक आम्दानीलाई बढाउँदै गरेको छ । आर्थिक संकटका कारण करतादाहरू कर तिर्नका लागि प्रोत्साहित नभएको सन्दर्भमा नगरपालिकाले करदातालाई प्रोत्साहन गर्न थालेको हो ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ७ : २९ बजे

पार्टी बलियो बनाउन नेतृत्व फेर्न पनि तयार छु : राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह