नगरपालिकाद्वारा प्रत्येक महिना करदातालाई सम्मान « Khabarhub

नगरपालिकाद्वारा प्रत्येक महिना करदातालाई सम्मान


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङ नगरपालिकाले राजश्व संकलनको लक्ष्यमा पुग्न करदातालाई सम्मान गर्न थालेको छ । व्यवसायीलाई राजस्व समयमै तिर्न प्रोत्साहन गर्न नगरपालिकाले करदातालाई प्रोत्साहन गर्न थालेको हो । आन्तरिक राजस्वलाई बढाउन नगरपालिकाले प्रत्येक महिनाको कर बुझाउन नगरपालिका आउने करदातालाई सम्मान गर्न थालिएको नगरप्रमुख राजु खड्काले बताए ।

वैशाखको पहिलो करदाताको रुपमा बागलुङ नगरपालिका–३ की बन्दना श्रेष्ठलाई सम्मान गरेको खड्काले बताए । श्रेष्ठलाई नगरपालिकाको लोगोसहितको मायाको चिनो र दोसल्लाले सम्मान गरेको उनको भनाइ छ । 

नगर उपप्रमुख खड्काले भने– ‘समयै कर बुझाउनुपर्छ भन्ने प्रेरणा मिल्यो भने हिसाबले यो अभियान थालेका हौँ, कर बढाएर नभइ दायरा बढाउने, करदातालाई सम्मान गर्ने लगायतका विषयमा नगरपालिका अगाडि बढेको छ, अब करले हैन रहरले कर तिरौँ भन्ने अभियान हो, मासिक रुपमा पहिलो करदाता, धेरै कर तिर्ने करदाता र नियमित कर तिर्ने करदाता सम्मान गर्ने हाम्रो योजना हो, अहिले प्रत्येक महिनाको पहिलो करतादालाई सम्मान गर्न आइतबारदेखि शुरु गरेका छौँ ।’

नगरपालिकाले चालु आर्थिक वर्षमा नौ करोड आन्तरिक आयको अनुमान गरेको थियो । हालसम्म झण्डै ५० प्रतिशत (पाँच करोड) मात्रै कर संकलन गरेको छ । असार मसान्तसम्म राजश्व संकलन लक्ष्य नजिकसम्म पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए । 

नागरिकले नगरपालिकालाई तिर्नुपर्ने बाहल कर, सम्पत्ती कर, निकासी कर तथा सेवामुलक करलगायतको दायरा बढाउँदै आन्तरिक आम्दानीलाई बढाउँदै गरेको छ । आर्थिक संकटका कारण करतादाहरू कर तिर्नका लागि प्रोत्साहित नभएको सन्दर्भमा नगरपालिकाले करदातालाई प्रोत्साहन गर्न थालेको हो ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ७ : २९ बजे

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को