विद्यालयमा विद्यार्थी भर्ना न्यून भएपछि घरदैलो अभियान | Khabarhub Khabarhub

विद्यालयमा विद्यार्थी भर्ना न्यून भएपछि घरदैलो अभियान


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बझाङ-  बझाङको थलारा गाउँपालिका–८ विसखेतमा रहेको कालिका आधारभूत विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेको छ । आजदेखि थलारा–८ का विभिन्न टोलमा प्लेकार्डसहित विद्यालय परिवार घरदैलो अभियानमा निस्किएको हो ।

विद्यालयका प्रधानाध्यापक गगन शाहीले विद्यार्थीलाई समयमै भर्ना गराउन विद्यार्थीसहित शिक्षिक–शिक्षिका अभिभावकको घरदैलोमा पुग्ने गरेको बताए । उक्त विद्यालयमा कक्षा ५ सम्म सञ्चालन भएको छ ।

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क शिक्षा’, ‘हाम्रो पालिका हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पु¥याऔँ’, ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ लगायतका रचनात्मक प्लेकार्ड हातमा बोकेर विद्यार्थी र शिक्षकहरूले विद्यार्थीलाई समयमै विद्यालय भर्ना गराउनका लागि घरदैलो अभियान सञ्चालन गरेका छन् ।

प्रधानाध्यापक शाहीले भने, “अभिभावकलाई विद्यालयको गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिँदै भर्ना गर्न आग्रह गरिरहेका छौँ । विद्यार्थीहरू न्यून भर्ना भएपछि हामीले उक्त घरदैलो अभियान चलाएका हौँ । सामुदायिक विद्यालयमा अध्ययन गर्दा न्यून शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न सकिन्छ भनेर अविभावकहरूलाई बुझाउन पनि अभियानले भूमिका खेलेको छ ।”

विद्यालयमा छात्रवृत्तिलगायतका थुुप्रै सुविधा भए पनि न्यून सङ्ख्यामा विद्यार्थी भर्ना हुँदा उक्त अभियान सञ्चालन गर्नुपरेको प्रधानाध्यापक शाहीले बताए । उनीलगायत विद्यालयको टोली टोल–टोलमा पुगेर बालबालिकालाई विद्यालयमा भर्ना गर्न आग्रह गरिरहेको छ । सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि दिवाखाजालगायत सेवा सुविधा उपलब्ध गराए पनि विद्यालयमा न्यून विद्यार्थी भर्ना हुने गरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ९ : १९ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने