पहिलो पटक बस आउँदा अविर जात्रा « Khabarhub

पहिलो पटक बस आउँदा अविर जात्रा


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

तनहुँ – व्यास नगरपालिका–११ घाँसीकुवादेखि भानु नगरपालिका–७ चन्द्रावती जोड्ने बागेश्वरी मोटरमार्गमा सोमबार पहिलो पटक बस पुगेपछि स्थानीयले खुसियालीमा अविर जात्रा गरेका छन् ।

विसं २०४८ मा सुरु गरिएको उक्त मोटर मार्गमा पहिलो पटक ना ६ ख ४१३६ नम्बरको बस लगिएपछि बस चालक किशोर गुरुङ, बागेश्वरी मोटर मार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्का, मोटरमार्गका अध्यक्ष विवेक भट्टराई लगायतलाई स्थानीयले अविर जात्रासहित स्वागत गरेका हुन् । यस मार्गमा सवारी साधन सञ्चालन नहुँदा दमौली आउन घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था रहेको भानु नगरपालिका–६ स्थित बागेश्वरी आमा समूहकी अध्यक्ष विन्दु वाग्लेले बताए ।

“यस मोटरमार्गमा सवारी साधन नचल्दा हामीलाई बिरामी लिएर अस्पताल जान पनि समस्या थियो”, वाग्लेले भने, “अब नियमित बस चल्ने भएपछि खुसियालीमा अविर जात्रासहित स्वागत गरेका हौँ ।” चन्द्रावतीदेखि पड्केपसल, बरभञ्ज्याङ, मान्द्रे, ठुलोचौर र मुलपानीका सयौँ स्थानीय बाटोमा भेला भई बसलाई अविर जात्रासहित स्वागत गरेका थिए । यस मोटरमार्गमा पहिलो पटक बस सञ्चालन गरिएपछि स्थानीयले आफूलाई अविर जात्रासहित स्वागत गर्दा हौसला मिलेको बसका चालक किशोर गुरुङले बताए ।

आफूहरुले करिब ३० वर्षअघि खन्न सुरु गरेको उक्त मार्गमा नियमित बस सञ्चालन हुनुले स्थानीयलाई ठूलो राहत पुगेको उक्त मोटर मार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्काले बताए । “यस मार्गमा नियमित सवारी साधन नहुँदा प्रशासनिक कामले दमौली जानुपर्दा घण्टौँ हिँड्नुपर्ने अवस्था थियो”, खड्काले भने, “अब भने दैनिक बस सञ्चालन हुने भएपछि भने स्थानीयलाई निकै राहत हुने भयो ।”

घाँसीकुवादेखि भानु नगरपालिका–६ पड्के पसलसम्म १४ किलोमिटरसम्म बागेश्वरी मोटर मार्ग पर्दछ । तर थप नौ किलोमिटर पक्की सडकखण्ड हुँदै बसलाई दैनिक चन्द्रावतीदेखि दमौली र दमौलीदेखि चन्द्रावतीसम्म गरिने बागेश्वरी मोटर मार्ग उपभोक्ता समितिले जनाएको छ । उक्तमार्गमा बस सञ्चालन हुनुअघि चन्द्रावतीदेखि डुम्रे हुँदै दमौली जानुपर्ने अवस्था थियो ।

चन्द्रावतीदेखि डुम्रे हुँदै दमौली पुग्न ३४ किलोमिटर तय गर्नुपर्नेमा यस मार्गबाट २३ किलोमिटर मै दमौली पुगिन्छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिसँग समन्वय गरी बस सञ्चालन गरिएको र भाडा दर न्यूनतम तोकिएको उक्त मोटर मार्गका अध्यक्ष विवेक भट्टराईले बताए । स्थानीय नेता गोविन्द भट्टराईको पहलमा मार्ग स्तरोन्नति गरिएपछि बस सञ्चालनमा सहज भएको उनले बताए।

“यस मार्गमा वर्ष भरी नै सवारीसाधन सञ्चालन गर्ने गरी व्यवस्था गरेका छौँ”, अध्यक्ष भट्टराईले भने, “बस सञ्चालन गरिएपछि स्थानीयलाई निकै ठूलो राहत भएको छ ।” उक्त मार्गमा दैनिक बस बिहान चन्द्रावतीबाट छुट्ने र मध्याह्न ४ बजेतिर दमौलीबाट फर्किने व्यवस्था गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ९ : ४९ बजे

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज