सपनतीर्थ मेलासँगै सुरु भएको टोखाको विस्केट जात्रा सम्पन्न « Khabarhub

सपनतीर्थ मेलासँगै सुरु भएको टोखाको विस्केट जात्रा सम्पन्न


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखामा नयाँ वर्षको सुरुआतसँगै सुरु भएको विस्केट जात्रा आज सम्पन्न भएको छ ।

नयाँ वर्षको सुरुको दिन सपनतीर्थ मेलासँगै सुरु भएको टोखाको विस्केट जात्रा आज साँझ सकिएको हो । वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दूर जात्रा गरी विस्केट जात्रा सुरु हुने गर्दछ ।

वैशाख २ गते बिहान टोखा नगरपालिकाको वडा नं २ गणेशस्थान थलागटोलमा सिन्दूर जात्रा गरेर नगर परिक्रमा गरिने रथलाई सोही दिन माथिल्लो लाछिमा लगेर बिसाइन्छ । वैशाख ३ गते बिहान ६ बजे माथिल्लो लाछिमा सिन्दूर जात्रा गरेर उठाइएको रथ दिउँसो १ बजे वडा नं ३ स्थित हासलटोलमा लगेर बिसाउने चलन छ ।

बिहान ६ बजेदेखि सुरु भएको रथयात्रालाई गुठी, गुठीयारको घरमा लगेर बाली उठाउने गरिन्छ । दिउँसो १ बजेदेखि ३ बजेसम्म हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ ।

सोही दिन साँझ ३ बजे उक्त रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराई वडा नं ३ को सानो लाक्षीमा लगेर बिसाइन्छ ।

सोही दिन रातभर गुठीयार र विभिन्न खलःहरू बसेर रातभर भजन कीर्तन गर्ने तथा जाग्राम बस्ने चलन रहेको टोखा नगरपालिका–२ का पूर्व वडाध्यक्ष दीपकराज जोशीले बताए । वैशाख ४ गते अर्थात् जात्राको अन्तिम दिन आज बिहान ६ बजे सानोलाक्षीबाट सिन्दूर जात्रा गरी दिउँसो १ बजे वडा नं २ मा रहेको गछेटोलमा लगेर रथ बिसाइन्छ । उक्त स्थानमा बिसाएको रथलाई विधिवत्रूपमा सरकारी पूजासहित सिन्दूर जात्रा गरेर विभिन्न खलःको उपस्थितिमा नगरपरिक्रमा गराई आआफ्नो देवालयमा भित्र्याउने चलन रहेको छ ।

टोखा नगरपालिकाको ऐतिहासिक विस्केट जात्राका अवसरमा आज टोखा नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ११ : ०८ बजे

पार्टी बलियो बनाउन नेतृत्व फेर्न पनि तयार छु : राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह