वर्षमा दुई पटक रक्तचाप अनिवार्य जाँच गर्नुपर्छ « Khabarhub

वर्षमा दुई पटक रक्तचाप अनिवार्य जाँच गर्नुपर्छ

विश्व उच्च रक्तचाप दिवस


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज विश्व उच्च रक्तचाप दिवस। सबै भन्दा पहिला त हामीले रक्तचाप भनेको मुटु खुम्चँदा र फैलँदा रक्तनलीको भित्तामा पर्ने दबाबलाई बुझ्नुपर्छ। उच्च रक्तचाप जहिले पनि मिलिमिटर अफ मर्करी (एमएमएचजी) मा नापिन्छ भनेर चिकित्सकले बताएका छन्। मुटु खुम्चँदाको रक्तचाप ‘सिस्टोलिक रक्तचाप (एसबिपी) र मुटु फैलिँदाको रक्तचाप ‘डायस्टोलिक रक्तचाप (डिबिपी) भनेर भनिन्छ। सामान्यतया कुनै १८ वर्षभन्दा माथिका मानिसमा सिस्टोलिक अर्थात् माथिल्लो ब्लड प्रेसर १४० वा सो भन्दा बढी र डायस्टोलिक वा तल्लो ब्लड प्रेसर ९० भन्दा बढी पुगेमा उच्च रक्तचाप भएको मानिन्छ। यो अवस्थामा कार्डियोभास्कुलर रोगका कारण मान्छेको मृत्युसमेत हुनसक्ने खतरा त्यतिखेर उत्पन्न हुनसक्छ।

सर्वप्रथम उच्चरक्तचापको कारण छ कि छैन पत्ता लगाउनुपर्छ। समस्या हुनु अगाडि नै सो कारणलाई नियन्त्रणमा लिनुपर्छ। उच्च रक्तचाप हुन नदिन त्यस्ता कारण उत्पन्न हुनबाट रोक्नुपर्छ। यसका लागि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ। चिकित्सकका अनुसार खानपिन, जीवनशैली, वातावरण र वंशाणुगत कारणले रक्तनली साँघुरो बनाइदिन्छन् र रगतले रक्तनलीमा दिने चाप बढ्न सक्ने चिकित्सकको भनाइ छ। अन्य मानिसको तुलनामा यो वयस्कमा बढी हुने गरेको छ। त्यसैले वयस्क व्यक्ति हरेकले कम्तीमा पनि छ महिनाको फरकमा एक पटक आफ्नो रक्तचाप अनिवार्य जाँच गराउनुपर्छ।

उच्च रक्तचाप हुँदा देखिने लक्षण
व्यक्तिमा टाउको दुख्ने, टाउको झुम्म पार्ने, नशा बाउँडिने, बेहोस हुने, झनक्क रिस उठ्ने, रक्तनली फुट्ने, अन्धो हुने, अङ्गभङ्ग हुने, हातखुट्टा नचल्ने, मिर्गौला फेल हुने, आँखा धमिलो हुने, झुम्म हुने, थकान हुने, आलस्य हुने, नाकबाट अकस्मात् रगत बग्ने, मुटु ढुकढुक हुने, छाती दुख्ने, बेहोस हुनेसम्मका लक्षण देखा पर्छन्। तर कतिपयमा कुनै लक्षण नै देखा नपर्नेसम्म हुनसक्छन्। चिकित्सकका अनुसार १० प्रतिशत व्यक्तिमा मात्र उच्च रक्तचापको लक्षण देखा पर्छन्।

समयमा उपचार नगर्दाका जोखिम
उच्च रक्तचापको समयमा उपचार गरिएन भने बिरामीको पक्षघातबाट मृत्युसमेत हुनसक्छ। धेरै बिरामीमा हृदयाघात हुने वा मुटु गति नै बन्द हुनेसम्म पनि हुन्छ।
उच्च रक्तचापको रोकथामका उपाय
– खानामा नुनको कमी गर्नुपर्छ।
– शारीरिक रूपमा तौलमा नियन्त्रण गर्नुपर्छ।
– धूम्रपान गर्नु हुँदैन।
– नियमित रूपमा वा दैनिक रूपमा शारीरिक व्यायाम गर्ने।
– ताजा फलफूल तथा सागपातको प्रयोग गर्ने।
– गाउँघर तिर पाइने सिस्नुको प्रयोग अति फाइदाजनक मानिन्छ।
– दैनिक रूपमा पानीको सेवन गर्ने।
– मानसिक तनाव कम गर्ने।
– प्रत्येक मानिसले दैनिक ७ घण्टा सुत्ने गर्नुपर्छ।
– चिल्लो, तारेको, भुटेको वा प्याकेट बन्द खानेकुरा नखाने।
– रातो मासु नखाने।
– माछा, अन्डाको सेतो भाग, सिस्नु, ग्रिन टिको सेवन गर्नुपर्छ।
– लामो समय एकै स्थानमा बस्नु हुँदैन बीचबीचमा वा केही समयको फरकमा उठेर केहि बेर हिँड्ने गर्नुपर्छ।
– बिहान उठेपछि नियमित रूपमा ३० मिनेट जति छिटोछिटो पैदल यात्रा गर्नुपर्छ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ७ : ०४ बजे

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले