नागरिकलाई शरणार्थी बनाउनु लज्जास्पद « Khabarhub

नागरिकलाई शरणार्थी बनाउनु लज्जास्पद


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

देशमा मानव तस्करमा स्वयम् पूर्व गृहमन्त्रीदेखि पूर्व उपप्रधानमन्त्रीसम्मको संलग्नता भएको देखिएको छ। बहालवाला सचिवको संलग्नता र आरोपीलाई थुनामा राखी म्याद थप गर्दे उनीहरूमाथि अनुसन्धान अगाडि बढाइएको छ। राजतन्त्रको समयमा समेत यस्तो खालको घटना सार्वजनिक भएको थिएन। अहिले गणतन्त्र आएपछि एकपछि अर्को गर्दै काण्डै काण्ड किन आइरहेका छन् ? यो व्यवस्थाप्रति आम नागरिकको मनस्थिति बदलिन थालेको पो हो कि ? उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथसँग पूर्व राजा ज्ञानेन्द्रको भेटघाट र यसले देखाएको सन्देश के ? देशको अबको राजनीति कसरी अगाडि बढ्छ ? राजाको अभिनन्दन किन भइरहेको छ ? यी र यस्तै विषयमा आधारित भएर विश्व हिन्दु युवासंघ सुदूरपश्चिम प्रदेश प्रमुख सम्राट सिंहसँग नयन सापकोटाले गरेको कुराकानी सम्पादित अंश :

पूर्व राजा ज्ञानेन्द्र शाहको भारत भ्रमणमा आदित्यनाथसँगको भेटलाई कसरी लिने ?
यो नेपाल र भारतको परस्पर सम्बन्धको विषय हो। यो आजको होइन, परापूर्वकालदेखि चल्दै आएको परम्परा हो। यसलाई मित्रताको रूपमा आदित्यनाथको निमन्त्रणामा राजा गएका हुन्। राजाको भारत भ्रमणलाई नेपालको राजनीतिक विकल्पको रूपमा बुझ्न सकिन्छ। युवा वर्गले अहिले नयाँ कुरा खोजको छ। विकल्प खोजेको छ।

तपाईंहरू राज संस्था नै चाहिन्छ भनेर लाग्नुको कारण के हो ?
राज संस्थालाई फाल्ने कुरा नेपालीको होइन। जनयुद्ध पछिको वार्तासँगै दिल्लीमा १२ बुँदे सम्झौता भयो। त्यो सम्झौता वास्तवमा देशको हितमा थिएन। राज संस्था र हिन्दु राष्ट्र हटाउनुपर्छ भन्ने पनि थिएन। बाह्य राजनीतिक परिचालित नेता लागेर राज संस्थालाई जुन रूपमा फालिने तयारी गरियो त्यो बाहिय खेल थियो। राज संस्था हिजो पनि फालिएको होइन। त्यसलाई कुनै न कुनै रूपमा राखिएको छ र त्यसको भूमिकालाई तीव्र रूपमा हामीले खोजी राखेका छौँ। नेपालको राजनीतिक कालखण्डमा धेरै व्यवस्थाहरू ढलेका छन्। जुन किसिमले संविधान कानुनहरू बनेका थिए। त्यसका असम्भव भन्ने कुनै कुरा छैन।

अब नेपालको अवस्थामा नै खोट लगाउने हो ?
नेपालको व्यवस्था पूर्णरूपमा ध्वस्त भएको छ। हरेक पक्षको कानुनले नेपाली कानुनलाई बेच्ने काम भएको छ। त्यो राष्ट्रिय होइन, अन्तर्राष्ट्रिय तथा साङ्गठनिक अपराध हो। गृहमन्त्री, उपप्रधानमन्त्री जस्तो मान्छे जो सरकारी उच्च पदमा बसेका छन्। तिनीहरूले यो देशलाई ध्वस्त पार्नको निमित्त अभियान चलाएका छन्। यो शैलीले देश कहिल्यै बन्दैन।

भ्रष्टाचारको अनुसन्धान सुरु भएको छ। पूर्वमन्त्री र सचिव पक्राउ परेका छन्। अब त सुध्रिने संकेत देखिएको छैन र ?
नेपालको स्थितिमा के कस्ता परिवर्तन भएका छन् भन्ने विषय हामीले देखेका छौं। अहिले देखेको भनेको त भ्रष्टाचारका काण्ड नै काण्ड हुन्। भ्रष्टाचारका दर्जनौँ काण्डहरूको छानबिनसम्म नभई फाइल दराजमा थन्किएका छन्। विसं २०४६ पछिका अख्तियारमा ती फाइल सड्ने अवस्थामा छन्। दराजमा रहेका फाइल खोल्नु अति आवश्यक रहेको छ। हाम्रो माग नै यो काण्डको बारेमा सरकारी ओदाहामा बसेका उच्च पदस्थ व्यक्तिको सम्पूर्ण सम्पत्तिको छानबिन हुन सक्नुपर्छ। नेपालको हरेका पक्षमा दूषित राजनीति छिरेको छ। यो देशको एकीकरण गर्न पृथ्वी नारायण शाहले कदम नचालेको भए, बाइसे, चौबिसे तथा टुक्रिएका राज्य र राजाहरूलाई एकीकरण गरेर यो सिंङगो नेपालको निर्माण नगरेको भए सायद आज हामी नेपाल र नेपाली रहने थिएनौँ। विश्वको मान चित्रमा रहेको राष्ट्रलाई ध्वस्त पारिएको छ।

राजसंस्था र राजा प्रतिको तपाईंहरुको लगाव चाहिँ केका लागि हो ?
२०५२ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा जनयुद्धको थालनी भयो। यो युद्धमा १७ हजारको ज्यान गयो। राजा र राज संस्था नै ढाल्ने काम भयो। देशमा परिवर्तन आवश्यक भए पनि पहिले बाट नै चली आएको राजसंस्था संरक्षण गर्नतर्फ लाग्नु पर्छ। जहाँ हजारौं छोटे राजाको जन्म भइरहेको छ। आज फेरि पनि राजालाई राजा नै हुन दिनुपर्छ। राजनीतिक परिवर्तनका लागि समानुपातिक निर्वाचन प्रणाली पनि खारेज हुनुपर्छ।

२०५९ देखि २०६२ सम्म राजाले शासन चलाउँदा के भयो ?
राजाले शासन चलाउला यो देशको स्वाभिमान यतिसम्म झुकेको थिएन। जुन विश्व सामु हामी शरणार्थी भएर बेचिएका छौँ। भुटानी शरणार्थी नेपालमा आए तिनीहरूलाई भुटान नै फर्काउन सकेको भए यो यस्तो दिन आउने थिएन। हाम्रो वीर गोरखाली पुर्खालाई शरणार्थी बनाउनु लज्जास्पद अवस्था हो। यो देशको अवस्था र व्यवस्था दुवै फेर्नुपर्छ।

नागरिक अभिनन्दन कार्यक्रम कस्तो रूपमा सञ्चालन गर्ने योजना रहेको छ ?
सुदूरपश्चिममा जेठ ६ गते राजालाई अभिनन्दन गर्ने कार्यक्रम छ। यसमा राप्रपाको नेतृत्वदायी भूमिका रहन्छ। विश्व हिन्दु युवा संघ लगायतको धेरै राष्ट्रवाद देशभक्त एउटा हिन्दु राष्ट्रको पक्षमा वकालत गर्ने जति पनि धार्मिक संस्थाको होटेलमा नागरिकद्वारा अभिनन्दित गर्ने कार्यक्रम छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

प्रस्तुति : कुसुम गौतम

 

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ८ : ४२ बजे

नेकपाका ६ नेता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला

पश्चिमा शक्तिले नेपाललाई चीनविरोधी अखडा र युक्रेन बनाउने षड्यन्त्र गरे : ऐन महर

काठमाडौं- तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाउन

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न, कोष सञ्चालन कार्यविधि-२०८३ स्वीकृत

काठमाडौं- प्रधानमन्त्री तथा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा