सडक सञ्जालले जोडिँदै मनाङको नार्पाभूमि « Khabarhub

सडक सञ्जालले जोडिँदै मनाङको नार्पाभूमि


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

लमजुङ – गण्डकी प्रदेशको ८५ वटा स्थानीय तहमध्ये अहिलेसम्म सडक सञ्जालले नछोएको एक मात्र मनाङको नार्पाभूमि गाउँपालिका सडक सञ्जालले जोडिने भएको छ ।

सडक विस्तार भएको दुई दशकपछि हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका सडक सञ्जालले जोडिने भएको हो । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले पालिकालाई सडक सञ्जालसँग जोड्न आफू दृढ रहेको बताए । गाउँपालिकाको ९० लाख एकल लगानीमा सडक विस्तारको काम भइरहेको छ ।

०७७ देखि सडक विस्तार गरिए पनि हालसम्म २६ किलोमिटर सडकमध्ये पाँच किलोमिटर सडक निर्माण गरिएको र २१ किलोमिटर सडक निर्माण हुन बाँकी छ ।

अध्यक्ष लामाले सडक विस्तारका लागि हारगुहार गर्दा पनि संघ र प्रदेशबाट कुनै सहयोग नभएको भन्दै गाउँपालिकाको एकल प्रयासमा सडक विस्तारको कामलाई निरन्तरता दिइएको बताए । मनाङको सबैभन्दा बिकट मानिएको नार्पाभुमी गाउँपालिकाका स्थानीय सडकको पहुँच नहुँदा खच्चडमा सामान ढुवानी गर्ने गर्दछन् ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ११ : ४९ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा