सडक सञ्जालले जोडिँदै मनाङको नार्पाभूमि « Khabarhub

सडक सञ्जालले जोडिँदै मनाङको नार्पाभूमि


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

लमजुङ – गण्डकी प्रदेशको ८५ वटा स्थानीय तहमध्ये अहिलेसम्म सडक सञ्जालले नछोएको एक मात्र मनाङको नार्पाभूमि गाउँपालिका सडक सञ्जालले जोडिने भएको छ ।

सडक विस्तार भएको दुई दशकपछि हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका सडक सञ्जालले जोडिने भएको हो । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले पालिकालाई सडक सञ्जालसँग जोड्न आफू दृढ रहेको बताए । गाउँपालिकाको ९० लाख एकल लगानीमा सडक विस्तारको काम भइरहेको छ ।

०७७ देखि सडक विस्तार गरिए पनि हालसम्म २६ किलोमिटर सडकमध्ये पाँच किलोमिटर सडक निर्माण गरिएको र २१ किलोमिटर सडक निर्माण हुन बाँकी छ ।

अध्यक्ष लामाले सडक विस्तारका लागि हारगुहार गर्दा पनि संघ र प्रदेशबाट कुनै सहयोग नभएको भन्दै गाउँपालिकाको एकल प्रयासमा सडक विस्तारको कामलाई निरन्तरता दिइएको बताए । मनाङको सबैभन्दा बिकट मानिएको नार्पाभुमी गाउँपालिकाका स्थानीय सडकको पहुँच नहुँदा खच्चडमा सामान ढुवानी गर्ने गर्दछन् ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ११ : ४९ बजे

अस्पतालमा भर्ना नलिई फुटपाथमा प्रसूति घटनाको छानबिन गर्न टोली गठन

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि

‘अनलाइन प्रणाली ह्याक गराएर सरकारले गुण्डागर्दी र लुटपाट शैलीमा ठेक्कापट्टा लगाउन खोज्यो’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सरकारले

हिजबुल्लाहले बनाएको दुई किलोमिटर लामो सुरुङमा इजरायलले विस्फोट गराउँदा ४.१ म्याग्निच्युडको भूकम्प

जेरूसेलम- इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहले निर्माण गरेको २ किलोमिटरभन्दा लामो

शल्यक्रियापछि काममा फर्किइन् दीपाश्री, स्टुडियोको ढोका ढोगेर काम सुरु गरिन्

काठमाडौं – कलाकार तथा निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमरको शल्यक्रिया

होल्डिङ सेन्टरमा घुम्ती स्वास्थ्य सेवा दिन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले घुम्ती