अबका दिनमा हुने निर्वाचनमा कांग्रेस एक्लै जानुपर्छ : शेखर कोइराला « Khabarhub

अबका दिनमा हुने निर्वाचनमा कांग्रेस एक्लै जानुपर्छ : शेखर कोइराला


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबका दिनमा हुने निर्वाचनमा कांग्रेस एक्लै जानुपर्ने बताएका छन् । 

काठमाडौँमा प्रजातान्त्रिक बिचार समाजको २५औं साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस यतिबेला अत्यन्तै अप्ठ्यारोमा परेको बताउँदै अब हरेक पाइलामा पार्टी एक्लै उभिनुपर्नेमा जोड दिएका हुन।

अहिलेको निर्वाचन पद्धतिले विकृति बढाएको भन्दै उनले यसलाई परिवर्तन गरेर समानुपातिक प्रणालीलाई हटाउनुपर्ने धारणा राखे ।

उनले पछिल्ला दिनहरूमा राजनीतिक दल र नेताहरुप्रती आम जनताको धारणा नकारात्मक रहेकोले अब सुध्रिने समय आएको पनि बताए ।

यसैबीच उनले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई कुनै बहानामा चोख्याउने काम हुन नहुने बताएका छन् । जुनसुकै दल वा जुन तहका व्यक्ति भए पनि कानुन बमोजिम कारबाही हुनुपर्नेमा उनको जोड छ । 

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  १ : १९ बजे

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र