विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित नौजना पक्राउ परेका छन् ।  सिन्धुलीको कमलामाई नगरपालिका-६ माझिटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ४० मिलिग्रामसम्म सप्तरी सुरुंगा नगरपालिका-५ बस्ने २० वर्षीय अविनाश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ५२६१ नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१७ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्रामसहित सोही उपमहानगरपालिका-१४ बस्ने ३३ वर्षीय मोहम्मद अली साहलाई प्रहरीले पक्राउ गरेको छ ।

 इलाका प्रहरी कार्यालय जयशपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । झापाको कन्काई नगरपालिका-४ परिवर्तन टोल बस्ने १७ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५०० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  झापाकै कन्काई नगरपालिका-४ मनकामना मन्दिर परिसरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६०० मिलिग्रामसहित भोजपुर हतुवागढी गाउँपालिका-१ घर भएका ४२ वर्षीय प्रेम बिकलाई प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको उर्लाबारी नगरपालिका-४ किसान चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ४९० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय अर्जुन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले सडकको किनारमा रोकी राखेको प्रदेश १-०२-०५० प-५४४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

रूकुम(पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका-५ लुदुङ खोला भन्ने स्थानबाट अवैध लागूऔषध अफिम १ किलोग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीया अबिसरा रोका र १८ वर्षीय किशोरी रहेका छन् ।

महोत्तरीको गौशाला नगरपालिका-१२ बाँके खोला रेलवे पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब ८२ किलोग्रामसहित सर्लाही ईश्वरपुर नगरपालिका-१२ ईश्वरपुर बस्ने २६ वर्षीय गणेश सार्की समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी  कान्तिबजार महोत्तरीबाट खटिएको प्रहरीले ना.७ त २२०० नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी ट्याक्टर चालक गणेशसमेत दुवै जनालाई पक्राउ गरेको हो । 

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ३ : ३६ बजे

दाङ–१ मा पनि रास्वपा अगाडि

देउखुरी– दाङ निर्वाचन क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र

काठमाडौँ– १० मा रास्वपा अगाडि

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १०

झापा- ५ मा २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजामा

झापा–२ मा इन्दिरा अगाडि, देवराज घिमिरे पछ्याउँदै 

काठमाडौं – झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जारी

काठमाडौं–१ मा रास्वपाका उम्मेदवार ५ हजार बढी मतले अगाडि

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ को