विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित नौजना पक्राउ परेका छन् ।  सिन्धुलीको कमलामाई नगरपालिका-६ माझिटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ४० मिलिग्रामसम्म सप्तरी सुरुंगा नगरपालिका-५ बस्ने २० वर्षीय अविनाश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ५२६१ नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१७ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्रामसहित सोही उपमहानगरपालिका-१४ बस्ने ३३ वर्षीय मोहम्मद अली साहलाई प्रहरीले पक्राउ गरेको छ ।

 इलाका प्रहरी कार्यालय जयशपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । झापाको कन्काई नगरपालिका-४ परिवर्तन टोल बस्ने १७ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५०० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  झापाकै कन्काई नगरपालिका-४ मनकामना मन्दिर परिसरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६०० मिलिग्रामसहित भोजपुर हतुवागढी गाउँपालिका-१ घर भएका ४२ वर्षीय प्रेम बिकलाई प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको उर्लाबारी नगरपालिका-४ किसान चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ४९० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय अर्जुन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले सडकको किनारमा रोकी राखेको प्रदेश १-०२-०५० प-५४४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

रूकुम(पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका-५ लुदुङ खोला भन्ने स्थानबाट अवैध लागूऔषध अफिम १ किलोग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीया अबिसरा रोका र १८ वर्षीय किशोरी रहेका छन् ।

महोत्तरीको गौशाला नगरपालिका-१२ बाँके खोला रेलवे पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब ८२ किलोग्रामसहित सर्लाही ईश्वरपुर नगरपालिका-१२ ईश्वरपुर बस्ने २६ वर्षीय गणेश सार्की समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी  कान्तिबजार महोत्तरीबाट खटिएको प्रहरीले ना.७ त २२०० नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी ट्याक्टर चालक गणेशसमेत दुवै जनालाई पक्राउ गरेको हो । 

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ३ : ३६ बजे

एनपीएल क्रिकेट : जनकपुरविरुद्ध चितवनले पहिले ब्याटिङ गर्दै

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले

सुनचाँदी बजारः सुन घट्यो, चाँदी बढ्यो

काठमाडौं– अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा

कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा

बेनी–जोमसोम–कोरला सडक : म्याग्दी खण्ड स्तरोन्नति

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ

निर्वाचन हुँदैन भन्ने भ्रम नछर्न गृहमन्त्रीको आग्रह

धनगढी – गृहमन्त्री ओमप्रकाश अर्यालले केही थान हतियार र फरार कैदीबन्दी