साफ च्याम्पिनसिपमा नेपाल कठिन समूहमा | Khabarhub Khabarhub

साफ च्याम्पिनसिपमा नेपाल कठिन समूहमा


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा आयोजना हुने ‘पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता’ मा नेपाल समूह  ‘ए’ मा परेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले आज सार्वजनिक गरेको १४ औँ संस्करणको साफ च्याम्पियनसिपको समूह विभाजनमा नेपाल सो समूहमा परेको हो ।

आगामी जुन २१ देखि जुलाई ४ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी छन् । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् ।

यसैगरी, समूह ‘बी’ मा माल्दिभ्स, लेबनान, भुटान र बङ्गलादेश रहेका छन् । फिफाको प्रतिबन्धको कारण यस संस्करणमा श्रीलङ्का सहभागी छैन ।

माल्दिभ्समा आयोजना भएको १३औँ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ६ : ०५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’