साफ च्याम्पिनसिपमा नेपाल कठिन समूहमा « Khabarhub

साफ च्याम्पिनसिपमा नेपाल कठिन समूहमा


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा आयोजना हुने ‘पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता’ मा नेपाल समूह  ‘ए’ मा परेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले आज सार्वजनिक गरेको १४ औँ संस्करणको साफ च्याम्पियनसिपको समूह विभाजनमा नेपाल सो समूहमा परेको हो ।

आगामी जुन २१ देखि जुलाई ४ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी छन् । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् ।

यसैगरी, समूह ‘बी’ मा माल्दिभ्स, लेबनान, भुटान र बङ्गलादेश रहेका छन् । फिफाको प्रतिबन्धको कारण यस संस्करणमा श्रीलङ्का सहभागी छैन ।

माल्दिभ्समा आयोजना भएको १३औँ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ६ : ०५ बजे

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच

कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क रहन निर्देशन

महेन्द्रनगर- भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

चितवन– बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज