सशस्त्रद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद  « Khabarhub

सशस्त्रद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद 


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

रुपन्देही–  सशस्त्र प्रहरीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ स्थित बगाहा इलाकाबाट बुधबार सशस्त्र प्रहरीले ७ लाख ८२ हजार ८ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हाे ।

भारतबाट अवैधरूपले नेपालतर्फ ५ वटा साइकलमा राखेर ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा)ले बरामद गरेको  हो ।

सशस्त्र प्रहरीलाई देख्नासाथै साइकल र सामान छाडी व्यक्तिहरू भने फरार भएका थिए ।

बरामद गरिएकाे लत्ताकपडा र साइकल आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ६ : १२ बजे

पाकिस्तानी मध्यस्थतामा अमेरिका-इरान युद्धविराम: दुई साताका लागि आक्रमण स्थगित

काठमाडौँ – पाकिस्तानी नेतृत्वको सघन कूटनीतिक प्रयासपछि अमेरिका र इरान

अमेरिका र इरानबीच युद्धविरामको सहमति

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र

आज २०८२ साल चैत २५ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली