आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा राजस्व नतिर्नेमाथि छानबिन सुरु « Khabarhub

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा राजस्व नतिर्नेमाथि छानबिन सुरु


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले लामो समयदेखि कर नतिरेका उद्योगबाट ठूलो रकम उठाउनुपर्ने देखाएकाले छानबिन प्रक्रिया सुरु गरिने जनाएको छ ।

अशोककुमार मुराका र कृष्णप्रसाद प्रसाईं साझेदारबाट सञ्चालित अवनिश एग्रिगेट इण्डस्ट्रिज तथा अशोककुमार मुरारका, अभिषेककुमार मुरारका र कृष्णप्रसाद प्रसाईँ साझेदार रहेको ओम साइबाबा क्रसर उद्योगबाट तीन अर्बभन्दा बढी कर असुल उपर गर्नुपर्ने देखिएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिए ।

उनीहरु व्यावसायिक औद्योगिक घराना मुरारका समूहसँग भने आबद्ध नरहेको पनि स्पष्ट गरिएको छ । यी उद्योगले लामो समयदेखि कर नबुझाएकाले असुलउपरका लागि प्रक्रिया अघि बढाइने डा क्षेत्रीको भनाइ छ ।

त्यस्तै मोरङको बेलबारीस्थित ओम साइबाबा क्रसर उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने विद्युत् महशुल करिब रु ४९ लाख बक्यौतामा राखेको नेपाल विद्युत् प्राधिकरण कार्यालयले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा क्षेत्रीले राजस्वका विषयमा छानबिन तथा आवश्यक कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी दिए । 

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ६ : ३० बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा