पाकिस्तानमा कङ्गो भाइरसका कारण एक जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा कङ्गो भाइरसका कारण एक जनाको मृत्यु


३ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

कराँची- पाकिस्तानमा कङ्गो भाइरसका कारण एक जनाको मृत्यु भएको छ । पाकिस्तानबाट प्रसारण हुने एआरवाई समाचार च्यानलका अनुसार पाकिस्तानको कराँचीमा रहेको एक अस्पतालमा २८ वर्षे पुरुषको मृत्यु भएको हो ।

सिन्ध प्रान्तको स्वास्थ्य विभागका अनुसार कङ्गो भाइरसका कारण मृत्यु भएका २८ वर्षे मोहम्मद आदिल लियाकतावादमा बसोबास गर्दै आएका थिए । उनी पेशाले मासुपसले रहेको जनाइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सुरुमा बिरामीलाई हल्का टाउको दुख्ने लक्षण देखा परेको थियो । केही दिनपछि उनी नजिकैको निजी अस्पतालमा भर्ना भएको र पछि उच्च ज्वरो, नाकबाट रगत बग्नेजस्ता लक्षण देखा परेको थियो । उनलाई डेङ्गु र औलो भएको आशंकामा स्वास्थ्य परीक्षण पनि गरिएको बताइएको छ । यद्यपि दुबै परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।

कङ्गो भाइरस प्रायः परजीविका माध्यमबाट वस्तुभाउबाट मानिसमा सर्ने बताइएको छ । यस रोगको मृत्युदर उच्च रहेको मानिन्छ । हालसम्म यसविरुद्ध कुनै खोप उपलब्ध छैन ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ९ : ४९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको