ओमानमा डिसेम्बर र जुनको अन्तिम साता श्रमसम्बन्धी घुम्ती सेवा हुने « Khabarhub

ओमानमा डिसेम्बर र जुनको अन्तिम साता श्रमसम्बन्धी घुम्ती सेवा हुने


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दोहा– ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले ओमानमा हरेक वर्ष डिसेम्बर र जुन महिनाको अन्तिम साता घुम्ती सेवा आयोजना गरिने बताएका छन् ।

गैरआवासीय नेपाली सोसल क्लब ओमान र नेपाली दूतावास मस्कटको संयुक्त आयोजनामा भएको श्रमिक सचेतना सम्बन्धी कार्यक्रममा बोल्दै राजदूत अर्यालले हरेक वर्ष डिसेम्बर र जुन महिनाको अन्तिम साता नियमित रुपमा सलालामा घुम्ती सेवा आयोजना गरिने जानकारी दिए । यस्तै उनले सोहीअनुसार दोफार क्षेत्रमा रहेका सम्पूर्ण नेपालीहरूलाई उक्त अवसरको फाइदा लिनका लागि सूचना प्रवाह गर्न अनुरोध समेत गरेका छन् ।

धेरै संख्यामा नेपाली भएका अन्य क्षेत्रमा पनि घुम्ती सेवा संचालन गर्न कार्यतालिका छिटै सार्वजनिक गरिने राजदूत अर्यालले जानकारी दिए । उनले सेवा प्रवाहलाई केन्द्रमा राखी विषयगत रुपमा विभिन्न ‘हट लाइन’को व्यवस्था गरिएको, सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउन यथासक्य पहल गरिने बताए ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली सोसल क्लब ओमानका अध्यक्ष बिकल झाले दूतावाससँग सहकार्य गरी आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरू आयोजना गरि गैरआवासीय नेपालीहरूलाई सेवा प्रदान गरिने बताए ।

अध्यक्ष झाले सामाजिक सुरक्षा कोषको बारेमा अवगत गराउँदै यसमा आवद्ध भएर फाइदा लिन अनुरोध गरेका थिए । साथै पुनः श्रम स्वीकृति लिने तरिका बारेमा जानकारी गराउदै श्रमिक सम्बन्धी कुनै पनि समस्या परेमा सोसल क्लबका कुनै पनि सदस्यहरूलाई कुनै पनि समयमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

गैरआवासीय नेपाली सोसल क्लब ओमानको सलालास्थित क्षेत्रीय समिति तथा सलालास्थित नेपाली स्वयंसेवकहरूको विशेष सहयोग रहेको उक्त कार्यक्रमबाट श्रम सचेतना, राहदानी नवीकरण तथा कन्सुलर सम्बन्धी काम भैरहेको छ ।

ओमानको सलालामा दूतावासको घुम्ती सेवा अन्तर्गत पहिलो पटक मोबाइल किटबाट नेपाली विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट अर्थात तस्विर खिच्ने, औँठाछाप लिने, डिजिटल हस्ताक्षर गर्ने काम भएको हो । 

साथै, विधिवत रूपमा कायम रहेका घरेलु कामदारले नेपालमा श्रम गर्न भर्नुपर्ने अनुसूची ८ प्रदान गरी सेवा प्रदान गर्ने लगायतका कन्सुलर सम्बन्धी सेवा पनि प्रदान गरिएको थियो ।

करिब ३५० जना सेवाग्राहीहरुको उपस्थित रहेको थियो भने शुक्रबार लाइभ इनरोलमेन्ट हुन नसकेका बाँकी सेवाग्राहीहरूको शनिवार बिहानदेखि नै लाईभ इनरोलमेन्ट गरिने छ । 

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ६ : ४९ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न