पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रभाव, कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना | Khabarhub Khabarhub

पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रभाव, कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जनचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ७ : ०३ बजे

आज शतबीज छरिँदै : यस्तो छ बाला चतुर्दशीसँग जोडिएको कथा

काठमाडौं – प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं- हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो।

आज २०८० साल मंसिर २५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २५ गते सोमबार। ज्योतिष

पर्यटकीय गन्तव्यमा बिजुली पुर्‍याउछौँ : ऊर्जामन्त्री

कास्की – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय गन्तव्यमा

चलचित्र मनोरञ्जन मात्र होइन : रघुजी पन्त

काठमाडौं – नेकपा (एमाले)का नेता रघुजी पन्तले चलचित्र आम मानिससम्म