देश/प्रदेश

नेपालमा पहिलो पटक एक महिलामा मंकीपक्स पुष्टि

By खबरहब

June 17, 2023

काठमाडौं– नेपालमा पहिलो पटक मंकीपक्स भाइरसबाट ग्रसित महिला फेला परेकी छिन । केही दिनअघि  नेपाल आएकी एक ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

 हाल उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

उक्त विदेशी महिलामा ज्वरो सहित मंक्किपक्स जस्तै लक्षण देखिए पछि चिकित्सकको सम्पर्कमा पुगेकी थिइन । उनीमाथि देखा परेको लक्षण अनुसार संकलन गरिएको  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनमा मंक्किपक्स पुष्टि भएको थियो । 

मंकीपक्सका बिरामी अहिलेसम्म १ सय ११ देशमा फेला परिसकेका छन्, नेपालमा भने पहिलो पटक फेला परेको हो । गत वर्ष यसले महामारीको रूप लिएको थियो । 

यो रोग मानिस देखी मानिससम्म वा जनावरबाट मानिसमा सर्ने गर्दछ । सन १९८० मा  बिफर उन्मूलन भए लगतै यो नयाँ रोगका रूपमा देखा परेको  थियो ।