आदिपुरुष ढिलो प्रदर्शन हुँदा सिनेमा हलमा तोडफोड « Khabarhub

आदिपुरुष ढिलो प्रदर्शन हुँदा सिनेमा हलमा तोडफोड


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

हैदराबाद– अभिनेता प्रभास स्टारर फिल्म ‘आदिपुरुष’ शुक्रबारबाट विश्वव्यापी रिलिज भएको छ । कृति सेनन, सैफ अली खान र सनी सिंहको समेत प्रमुख भूमिका रहेको फिल्म रिलिजसँगै विवाद र चर्चामा तानिएको छ ।

भारतका केही स्थानमा भने फिल्म हेर्न गएका दर्शकले थिएटर तोडफोड गरेका छन् । तेलंगना राज्यमा यस्तै घटना भएको छ । फिल्म हेर्न गएका दर्शकले फिल्म ढिलो रिलिज गरेको भन्दै त्यहाँको हल तोडफोड गरेका छन् ।

दर्शकले तेलांगनाको सांगारेडी सहरमा रहेको ज्योति सिनेमा तोडफोड गरेका हुन् । तोडफोड गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा केहीले ‘जय श्री राम’ भनिरहेका छन् भने केहीले थिएटरको सिसामा ढुंगा प्रहार गरेका छन् ।

थिएटर साउण्ड सिस्टममा खराबी भएको भन्दै फिल्म ४० मिनेट ढिलो रिलिज गरेको थियो । जसकारण दर्शक आक्रोशित भएका थिए ।
यो घटनापछि प्रहरीमा उजुरी परेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । फिल्ममा ओम राउतको निर्देशन छ ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १ : ५६ बजे

ठेक्का तोड्नमै चार महिना बिताएका कुलमानले दिएनन् निकासको बाटो

काठमाडौं- हिउँदयाम, विकासे कामका लागि उपयुक्त समय हो । हिउँदमा

प्रदेशमा विकास निर्माण तथा योजनाको कार्य ठेक्का प्रक्रियाबाट हुने : मुख्यमन्त्री यादव

जनकपुरधाम–  मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेशमा सुशासन कायम

पहिले केरायुद्ध, अहिले तेलयुद्ध !

काठमाडौं- ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाको हस्तक्षेपकारी नीति नौलो विषय

‘श्रीमतिले गायन त्यागेर मलाई नायक बनाइन्’

काठमाडौं – नायक दयाहाङ राई स्टारर फिल्म ‘मिरमिर’मा समावेश एक