प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि विवेक र नवीनलाई « Khabarhub

प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि विवेक र नवीनलाई


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ताप्लेजुङमा आज सम्पन्न तेस्रो मेयर कप तथा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा मेन्स डबल खुलातर्फको उपाधि विवेक कन्दङ्वा र नवीन सिलवालले हात पारेका छन् । प्रदेशस्तरीय उक्त प्रतियोगितामा महेश खड्का र लाक्पा शेर्पा दोस्रो भएका छन्।

भेट्रान्स डबलतर्फ दीपक आङ्देम्बे र गणेश राई प्रथम भएका छन्, भने रामराज आङ्देम्बे र युकमणी लिम्बू द्वितीय भएका छन् । मेन्स डबल्स जुनियरतर्फ जिल्लास्तरीय प्रतियोगितामा आइद्रेश लिम्बू र भूपेन्द्र लिम्बू प्रथम भएका छन्, भने दक्ष लिम्बू र वसन्त तामाङ दोस्रो बने ।

कर्मचारीतर्फको जिल्लास्तरीय प्रतिस्पर्धामा लक्ष्मण घतानी र खेगेन गुरुङ पहिलो र शिवकुमार काम्बाङ र केशव पौडेल दास्रो भए । मिक्स डबलतर्फ शिवकुमार मगर र सरुना गुरुङ प्रथम हुँदा आइद्रेश लिम्बू र रेसिका गुरुङ दोस्रो स्थान हात पारे ।

प्रतियोगिताअन्तर्गत मेन्स डबल्स खुलातर्फ प्रथमलाई नगद रु ३० हजार र द्वितीयलाई नगद रु २० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । भेट्रान्स डबल्सतर्फ प्रथमलाई नगद रु २५ हजार र द्वितीयलाई रु १५ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र दिइएको छ ।

यस्तै मेन्स डबल्स (जुनियर)तर्फ प्रथम हुनेलाई नगद रु २० हजार र द्वितीय हुनेलाई नगद रु १५ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । कर्मचारी डबल्सतर्फ प्रथमलाई नगद रु १५ हजार र द्वितीयलाई नगद रु १० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको आयोजक जिल्ला व्याडमिन्टन सङ्घका अध्यक्ष सुरेश लिम्बूले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा कोशी प्रदेशका १० वटा जिल्लाका खेलाडीले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ९ : ०९ बजे

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई

बाढीपीडित व्यवसायिका लागि पुनरुत्थान प्याकेज : करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौं– सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक

चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि काठमाडौँ भित्रिने

दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया

एजेन्सी– अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु