चितवनको रत्ननगरमा ‘विपन्न उपचार कोष’ सञ्चालन « Khabarhub

चितवनको रत्ननगरमा ‘विपन्न उपचार कोष’ सञ्चालन


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनको रत्ननगर नगरपालिकाले स्थापना गरेको ‘विपन्न उपचार कोष’ प्रभावकारी देखिएको छ । कोषबाट गतदश महिनामा ४० नगरवासीले सेवा लिएका छन् ।

अतिविपन्न नगरवासीको उपचारको लागि रत्ननगरले बकुलहर रत्ननगर अस्पतालमा ३० लाखको उपचार कोष स्थापना गरी सञ्चालनमा ल्याएको थियो ।

कोष सञ्चालनमा आएपछि आर्थिक अभावका कारण उपचार गराउन नपाएका अतिविपन्न परिवारका बिरामीको उपचारमा आर्थिक सहयोग गरिएको नगरप्रमुख प्रह्लाद सापकोटाले जानकारी दिए । नगरपालिकाले कार्यविधि बनाएर गत आर्थिक वर्ष २०७९–८० को भदौ महिनाबाट कोष सञ्चालनमा ल्याएको थियो । कोषको कार्यविधिअनुसार एउटा बिरामीलाई १० हजारसम्म उपचारका लागि सहयोग प्रदान गर्ने व्यवस्था गरिएको छ ।

आवश्यकताअनुसार रकम थप गर्ने विकल्प खुल्ला गरिएको नगरप्रमुख सापकोटाले बताए । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई प्रतिव्यक्ति २० हजारसम्म प्रदान गरिएको उनको भनाइ छ । १० हजारभन्दा बढी पाउने बिरामीको सङ्ख्या तीन जना रहेको जनाउँदै नगरप्रमुख सापकोटाले वडा कार्यालयको सिफारिसका आधारमा नगरपालिकाले कोषबाट रकम प्रदान गर्दै आएको बताए ।

कोषबाट ३७ बिरामीको उपचारको लागि प्रतिव्यक्ति १० हजार र तीन बिरामीको उपचारको लागि प्रतिव्यक्ति २० हजारका दरले कोषबाट प्रदान गरिइएको छ । कोष सञ्चालनमा आएपछि हालसम्म दुई लाख ५० हजार खर्च भएको उनले बताए । ‘आर्थिक अभावका कारण उपचार गर्न नपाएर कसैले ज्यान जानु हुँदैन’, उनले भने, ‘गरिब तथा विपन्न नगरवासीको उपचारको लागि कोष स्थापना गरेका हौँ ।’

त्यसैगरी नगरपालिकाले विपन्न समुदायको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गत आव २०७९–८० मा तीन हजार दुई घरधुरीको निःशुल्क स्वास्थ्य बीमा गरिएको नगरपालिकाले जनाएको छ ।

विपन्न समुदायको उपचारको लागि स्वास्थ्य बीमा र आकस्मिक उपचारको लागि कोष स्थापना गरिएको नगरप्रमुख सापकोटाको भनाइ छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ६ : ५३ बजे

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना