आजदेखि विलासिता कर लाग्ने « Khabarhub

आजदेखि विलासिता कर लाग्ने


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ आर्थिक वर्ष २०८०–८१ सुरु भएसँगै आजदेखि अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेट लागू भएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण गरेका थिए ।

योसँगै, आजदेखि विलासिता कर लागू भएको छ । सरकारले चालू आर्थिक वर्षदेखि लागू हुने गरेर चार र पाँच तारे होटलका लागि २ प्रतिशत विलासिता करको व्यवस्था गरेको थियो । 

यस्तै, १० लाखभन्दा बढीको गरगहना किन्दासमेत २ प्रतिशत विलासिता कर तिर्नुपर्छ भने वैदेशिक भ्रमणमा जाँदासमेत सोही दरको कर तिर्नुपर्ने व्यवस्था बजेटमार्फत गरिएको छ ।

वैदेशिक रोजगार सेवा शुल्कसमेत आजदेखि लाग्ने भएको छ । बजेटमार्फत सरकारले वैदेशिक रोजगारीमा पठाउने मेनपावर व्यवसायीलाई १ प्रतिशत करको व्यवस्था गरेको थियो । यो कर आजदेखि लागू भएको हो ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १२ : १६ बजे

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति