राष्ट्रिय महिला फुटबल टिम स्वदेश फिर्ता « Khabarhub

राष्ट्रिय महिला फुटबल टिम स्वदेश फिर्ता


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशमा मैत्रीपूर्ण सिरिजको उपाधि जितेको राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ । 

सोमबार मध्यान्ह स्वदेश फर्किएको राष्ट्रिय महिला फुटबल टिमलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीहरूले स्वागत गरेका थिए । बंगलादेशमा दुई मैत्रीपूर्ण म्याचको सिरिज खेलेर नेपाली टिम घर फर्किएको हो । दुवै खेलमा बराबरी खेलेको नेपालले टाईब्रेकरमा घरेलु टोली बंगलादेशलाई पराजित गर्दै फिफा मान्यताको मैत्रीपूर्ण सिरिज हात पारेको थियो । 

स्वदेश फर्किएपछि राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक अनन्त थापाले बंगलादेशको होम ग्राउण्डमा पराजित गर्नु उपलब्धि भएको र यसले खेलाडीहरूको मनोबल बढेको बताए । मैत्रीपूर्ण सिरिजमा नेपाली खेलाडीहरूको कमी कमजोरी अध्ययन गर्ने मौका पाएकाले आगामी प्रतियोगिताका थप सुधारका साथ खेल्ने उनले बताए ।

त्यस्तै राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले पहिलेको तुलनामा अहिलेको प्रदर्शन कमजोर नै देखिएको बताए । उनले सिरिजको उपाधि जित्नु खुसीको कुरा भएपनि आगामी दिनमा थप मजबुत हुनुपर्ने धारणा राखे ।

त्यस्तै राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्री भण्डारीले यसअघि भएका गल्तीलाई सुधार गर्दै बंगलादेशसंग खेलेको बताए । उनले आगामी खेलमा थप सुधारका साथ अघि बढ्ने जिकिर गरे ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  २ : ४२ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले