हेटौँडा अस्पताललाई डायलासिस मेसिन « Khabarhub

हेटौँडा अस्पताललाई डायलासिस मेसिन


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मनहरि– हेटौँडा अस्पतालको डायलासिस सेवालाई थप प्रभावकारी बनाउन दुई  मेसिन थप गरेको छ । मिर्गौलाका बिरामीलाई लक्षित गर्दै उपमहानगरले आरोग्य फाउण्डेसनबाट हेटौँडा–११ चुरेहीलमा सञ्चालनमा रहेका दुई मेसिन हेटौँडा अस्पतालमा स्थानान्तरण गरेको हो ।

चुरेहिलमा डायलासिस सेवा बन्द भएपछि उपमहानगरले फाउण्डेसनसँग सहकार्य गर्दै आजदेखि हेटौँडा अस्पतालमा उक्त सेवा सञ्चालन गरेको नगर प्रमुख मीनाकुमारी लामाले बताए । योसँगै डायलासिस सेवा लिन बिरामी अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । बिरामीले अब हेटौँडामै सेवा पाउने हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले बताएका छन् ।

नगर प्रमुख लामाले निजी तथा सामाजिक संस्थाको सहयोगमा उपमहानगरले सुरु गरेको डायलासिस सेवा थप प्रभावकारी बनाइने बताए। हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँका अनुसार डायलासिस सेवाका लागि ४५ बिरामी पर्खाइमा छन् । 

हेटौँडा अस्पतालले हाल १३ मेसिनबाट डायलासिस सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ५ : १८ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले