विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

आज साउन १, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

उत्तर कोरियाले अर्को आणविक परीक्षण गरे आश्चर्य हुन्न : अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार

अमेरिकी प्रशासन ह्वाइट हाउसका एक जना वरिष्ठ अधिकारीले उत्तर कोरियाले अर्को आणविक परीक्षण गरेमा कुनै आश्चर्य नहुने टिप्पणी गरेका छन् ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले उत्तर कोरियाले आणविक परीक्षण गरे कुनै आश्चर्य नहुने बताएका हुन् । “मलाई लाग्छ उत्तर कोरियाले आफ्नो सातौं आणविक परीक्षण गर्नेछ र म यसबारे चिन्तित छु,” राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सीबीएसलाई ‘फेस द नेशन’ नामक कार्यक्रमलाई दिएको एक अन्तवार्तामा भने ।

उनले भने, “म तत्काल त्यस्तो कुनै सङ्केत देख्दिनँ । तर उत्तर कोरियाले आफ्नो अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र क्षमताको सन्दर्भमा अर्को आणविक परीक्षण अघि बढायो भने यो कुनै आश्चर्यको विषय हुनेछैन ।”

सुलिभानले प्योङयाङले केही वर्षअघि नै आफ्नो आणविक क्षमताको परीक्षण शुरु गरेको र उनीहरूले यस क्रमलाई जारी राखेको बताए ।

उत्तर कोरियाका नेता किम जोङ उनले प्रत्यक्ष निरीक्षण गरेको आफ्नो देशको सबैभन्दा नयाँ आईसीबीएमको सफल परीक्षण गरेको उत्तर कोरियाले बिहीबार जनाएको छ ।

यसअघि एक पटक मात्र परीक्षण गरिएको ह्वासोङ–१८ क्षेप्यास्त्र ले छ हजार ६४८ किलोमिटरको उचाईमा एक हजार १ किलोमिटर उडेर पूर्वी सागरमा खसेको कोरियाली केन्द्रीय समाचार संस्था केसीएनएले जनाएको छ ।

उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध कमजोर अवस्थामा छ । गत वर्ष किमले आफ्नो देशलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति भएको घोषणा गरेका थिए । सामरिक आणविक हतियारसहित हतियार उत्पादन बढाउन आह्वान गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घ, संयुक्त राज्य अमेरिका र फ्रान्सलगायत उसका मित्र राष्ट्रहरूले बुधबारको प्रक्षेपणको कडा निन्दा गरेका छन् ।

सुलिभानले प्योङयाङसँग वार्ताका लागि वासिङ्टनको प्रस्ताव दोहोर्‍याउँदै राष्ट्रपति जो बाइडेनको प्रशासन आफ्नो आणविक कार्यक्रमबारे कुनै पूर्वशर्तबिना बसेर वार्ता गर्न तयार रहेको बताए ।

पूर्वी युक्रेनमा भीषण लडाईँ जारी, कृष्ण सागरमार्फत अनाज ढुवानीको सम्झौता अन्यौलमा

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी प्रत्याक्रमण असफल भएको बताएपनि आइतबार युक्रेनको पूर्वी क्षेत्रमा भीषण भिडन्त जारी रहेको युक्रेनी पक्षले जनाएको छ ।

युक्रेनलाई कृष्ण सागरमार्फत आफ्नो अनाज निर्यात गर्न छुट दिने सम्झौता टर्कीको इस्तानबुल सहरको स्थानीय समयअनुसार सोमबार राति ११ बजे समाप्त हुँदैछ ।

टर्की र संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले जुलाई २०२२ मा इस्तानबुलमा पहिलो पटक हस्ताक्षर गरिएको सम्झौताको अर्को विस्तारमा सहमत हुन रूसलाई मनाउने प्रयास गरिरहेका छन् ।

गत वर्ष सम्पन्न ब्ल्याक सी ग्रेन इनिसियटिभका कारण युक्रेनले चार करोड २० लाख टनभन्दा बढी युक्रेनी खाद्यान्नको निर्यात गर्न सफल भएको थियो ।

तर, रूसले अहिलेसम्म सम्झौता नवीकरण गर्न नमानेका कारण पारवहन ठप्प भएको हो ।

“सबै पक्षबाट आवेदन स्वीकृत भएको छैन,” सम्झौताको अनुगमन गर्ने संयुक्त समन्वय केन्द्र जेसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जुन २७ यता कुनै पनि नयाँ पानीजहाजलाई सहभागी हुन स्वीकृति दिइएको छैन ।”

सम्झौतामा हस्ताक्षर गर्ने युक्रेन, रूस, टर्की र संयुक्त राष्ट्रसङ्घले अनुमति दिएको अन्तिम मालवाहक जहाज टर्कीको थोक क्यारियर टीक्यू सामसुन युक्रेनी बन्दरगाह ओडेसाबाट इस्तानबुलतर्फ कृष्ण सागर पार गर्दै गएको मरिन ट्राफिक वेबसाइटले आइतबार अबेर राति जनाएको छ ।

शुक्रबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले सम्झौता पुनः नवीकरण हुनेमा आशावादी रहेको बताएका थिए ।

तर, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस विषयमा आँखा चिम्लेको भन्ने उनको दाबीलाई क्रेमलिनका प्रवक्ताले तुरुन्तै खण्डन गरेका छन् ।

रूसी खाद्यान्न र मलको निर्यातका लागि अनुमति दिने सम्झौताका विषयको सम्मान नभएको भन्दै पुटिनले सम्झौताबाट बाहिरिने चेतावनी दिँदै आएका छन् ।

दक्षिण अफ्रिकी समकक्षी सिरिल रामाफोसासँगको टेलिफोन वार्तामा उनले भने, ‘सम्झौताको मुख्य लक्ष्य रहेको अफ्रिकी महाद्वीपलगायत खाँचोमा परेका देशहरूलाई खाद्यान्न आपूर्ति कार्यान्वयन हुन सकेको छैन ।’

जेसीसीको तथ्याङ्कअनुसार चीन र टर्की साथै विकसित अर्थव्यवस्थाहरू अनाज ढुवानीको मुख्य लाभार्थी हुन् ।

यस सम्झौताले विश्व खाद्य कार्यक्रमलाई अफगानिस्तान, सुडान र यमन जस्ता गम्भीर खाद्य अभावको सामना गरिरहेका देशहरूलाई राहत प्रदान गर्न मद्दत गरेको संयुक्त राष्ट्रसङ्घको बुझाइ छ ।

विदेशमन्त्रीस्तरीय बिमस्टेक बैठक सुरु

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) विदेशमन्त्रीहरूको बैठक थाइल्याण्डको राजधानी बैङ्ककमा सोमबारदेखि शुरु भएको छ ।

बिम्स्टेक एक आर्थिक र प्राविधिक पहल हो जसले बहुआयामिक सहयोगका लागि बङ्गालको खाडीका देशहरूलाई एक साथ ल्याउँछ । बैठकमा बिम्स्टेकको एजेन्डालाई अझ प्रगाढ बनाउने र संगठनलाई मजबुत बनाउने विषयमा छलफल हुनेछ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रीय बहुपक्षीय सङ्गठन हो । यसका सदस्यहरू बङ्गालको खाडीको तटीय र आसपासका क्षेत्रहरूमा अवस्थित छन् जसले एक सन्निकट क्षेत्रीय एकताको आह्वान गर्दछ।

बिम्स्टेकले दक्षिण र दक्षिणपूर्व एसियासहित ग्रेट हिमालय र बङ्गालको खाडीको पारिस्थितिकीय प्रणालीलाई पनि जोड्छ । यसको मुख्य उद्देश्य तीव्र आर्थिक विकासको लागि सक्षम वातावरण सिर्जना गर्नु हो । सामाजिक प्रगतिलाई गति दिनु र यस क्षेत्रमा साझा चासोका विषयहरूमा सहयोगलाई बढावा दिनु यसको लक्ष्य हो ।

विदेशमन्त्रीहरूले बिम्स्टेकअन्तर्गत क्षेत्रीय सहयोगका क्षेत्रमा हालै भएका महत्वपूर्ण प्रगति र यसको संस्थागत ढाँचालाई मजबुत बनाउन चालिएका कदमको समीक्षा गर्नेछन् ।

भारतमा आज १ लाख ४४ हजार केजी लागूऔषध नष्ट गरिँदै

भारतको केन्द्र सरकारले लागूऔषध विरुद्धको अभियान अन्तर्गत ठूलो कदम चाल्ने भएको छ । यसअन्तर्गत देशका विभिन्न स्थानमा १ लाख ४४ हजार केजी लागुऔषध नष्ट गरिँदैछ ।

यस क्रममा केन्द्रीय गृहमन्त्री अमित शाह पनि उपस्थित हुनेछन्। उनी भर्चुअल माध्यम मार्फत यस कार्यक्रमको एक हिस्सा हुनेछन्। लागुऔषध नष्ट गर्ने काम देशका धेरै सहरमा हुने, लागुऔषध ओसारपसार र राष्ट्रिय सुरक्षासम्बन्धी सम्मेलनमा अमित शाहले यस कार्य टेलिभिजनमार्फत देख्न सकिने ब्यवस्था मिलाइएको छ ।

नष्ट गरिने लागूऔषधमा लागूऔषध नियन्त्रण ब्युरोको हैदरावाद इकाईले बरामद गरेको ६ हजार ५९० केजी लागूऔषधसमेत समावेश छ । यसबाहेक, इन्दौर इकाईको कारबाहीमा ८२२ केजी लागूपदार्थ र जम्मू इकाईले ३५६ केजी लागू औषध बरामद गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको केन्द्र सरकारले लागूऔषध मुक्त भारत निर्माण गर्न लागूऔषधविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको छ ।

वास्तवमा आजादीका अमृत महोत्सव अन्तर्गत गत जुन १, २०२२ देखि सुरु भएको ७५ दिने अभियानमा ७५ हजार किलो लागूऔषध नष्ट गर्ने लक्ष्य राखिएको थियो। जुन १, २०२२ देखि जुलाई १५, २०२३ सम्म राज्य एजेन्सीहरूको सबै क्षेत्रीय एकाइहरूले लगभग ९५८० करोड रुपैयाँ मूल्यको लगभग ८,७६,५५४ किलोग्राम जफत गरिएको औषधि नष्ट गरेको छ।

आज मात्रै एक वर्षमा नष्ट हुने लागूऔषधको कुल परिमाण १० लाख केजी पुग्नेछ । तिनीहरूको कुल लागत लगभग १२ हजार करोड रुपैयाँ हुनेछ। प्रधानमन्त्री मोदीको लागूऔषध मुक्त भारतको सपना साकार पार्न लागूऔषध उन्मूलनको यो अभियान सक्रिय रुपमा जारी रहने जनाइएको छ ।

राज्यमा लागूऔषध नष्ट गरिने ९किलोमा० मध्य प्रदेश १,०३,८८४, गुजरात ४,२७७, जम्मू कश्मीर ४,०६९, उत्तर प्रदेश ४,०४९, हरियाणा २,४५८, त्रिपुरा १,८०३, असम १,४८६, चण्डीगढ २२९, महाराष्ट्र १,२५९, गो (२५९ ले पनि कारबाही गरिने छ ।

पाकिस्तानमा १५० वर्ष पुरानो हिन्दु मन्दिर भत्काइयो

पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराँचीमा रहेको १५० वर्ष पुरानो हिन्दू मन्दिरलाई पुरानो र खतरनाक संरचना भन्दै भत्काइएको छ । मन्दिर भत्किए पछि सो क्षेत्रमा बसोबास गर्ने हिन्दु समुदायका मानिसहरू समस्यामा परेका छन् ।

कराँचीको सोल्जर बजारमा रहेको मारी माताको मन्दिरलाई शुक्रबार राति प्रहरीको ठूलो उपस्थितिमा बुलडोजरको सहायताले भत्काइएको थियो। यस क्षेत्रका हिन्दू मन्दिरहरूको हेरचाह गर्ने रामनाथ मिश्र महाराजले मन्दिर भत्काउने बारेमा आफूहरूलाई कुनै जानकारी नदिइएको बताए ।

अधिकारीले मन्दिरको बाहिरी पर्खाल र मुख्य गेटलाई अक्षुण्ण राख्दा भित्रको सम्पूर्ण संरचना भत्काएको मिश्रले बताए । उनले करिब डेढ सय वर्षअघि मन्दिर निर्माण भएको र मन्दिरको आँगनमा खजाना गाडिएको बताए ।

स्थानीय प्रहरी चौकीका एक वरिष्ठ प्रहरी अधिकारीले मन्दिरलाई अधिकारीहरूले खतरनाक संरचना घोषणा गरेकाले भत्काइएको बताए। उनले मन्दिर कराँचीको मद्रासी हिन्दू समुदायले सञ्चालन गरेको र संरचना निकै पुरानो र खतरनाक भएकोमा उनीहरु सहमत भएको बताए ।

मन्दिर व्यवस्थापनले भारी हृदयले देवताका मूर्तिहरूलाई सानो कोठामा सारेका छन्, ती अधिकारीले भने।

हिन्दू समुदायका स्थानीय नेता रमेशले मन्दिरको जग्गा किर्ते कागजपत्रका आधारमा ‘डेभलपर’लाई बिक्री गरेको भन्दै केही समयदेखि मन्दिर व्यवस्थापनलाई परिसर खाली गर्न दबाब परेको बताए ।

उनले मन्दिरको जग्गामा ‘डेभलपर’ले व्यावसायिक भवन बनाउन चाहेको बताए । हिन्दू समुदायले पाकिस्तान हिन्दु परिषद, सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाह र सिन्ध प्रहरी महानिरीक्षकलाई यस विषयमा तत्काल ध्यानाकर्षण गर्न अपील गरेका छन्।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ७ : ५९ बजे

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ ।

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा