क्रिकेट

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : नेपालद्वारा भारत ‘ए’ समक्ष १ सय ६८ रनको लक्ष्य प्रस्तुत

By खबरहब

July 17, 2023

काठमाडौँ- एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारत ‘ए’ समक्ष १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै केबल १ सय ६७ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाए ।

नेपालले १० ओभरमा ३७ रन बनाउँदा ५ विकेट गुमाएको थियो ।