आतङ्कवाद निर्मूल पार्न पाकिस्तान र इरान सहमत | Khabarhub Khabarhub

आतङ्कवाद निर्मूल पार्न पाकिस्तान र इरान सहमत


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तान र इरानले सीमा क्षेत्रबाट आतङ्कवाद निर्मूल पार्न सहकार्यको प्रतिबद्धता व्यक्त गरेका छन् । दुवै देशका सेनाले एकअर्काका गुप्तचर निकायसँग सहकार्यका साथ आतङ्कवादी सञ्जालविरुद्ध कारबाही एकीकृत रूपमा काम गर्ने बताएका छन् ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्सका अनुसार सेना प्रमुख जनरल असिम मुनिरको दुईदिने इरान भ्रमणका क्रममा दुवै पक्षका सैन्य कमाण्डरबीचको बैठकमा सहकार्यको सहमति भएको हो ।

प्रधानसेनापतिले इरानको सशस्त्र बलका प्रमुख मोहम्मद बगेरी र अन्य सैन्य नेतृत्वसँग आपसी सहयोगबारे छलफल गरेका थिए । खुफिया सूचना आदानप्रदानका माध्यमबाट सुरक्षा क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने तथा आतङ्कवादका सबै रुप र प्रकटीकरणको एकढिक्का भई प्रभावकारी कारबाही गर्ने वाचा दुवै देशका सैन्य कमाण्डरले गरेका थिए ।

प्रधानसेनापति मुनिरले इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमीराब्दुल्लाहियानसँग पनि बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ७ : ३२ बजे

धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक बेपत्ता

म्याग्दी – म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक

तिहारमा कस्तो रहला मौसम ?

काठमाडाैं । तिहारको अवधिमा देशभर ठूलो मौसमी प्रणालीको खास प्रभाव

तिहार सुरुः नयाँ भाँडा किनेर मनाइयो धनतेरस

काठमाडौं – कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज

पर्याप्त ब्रेथलाइजर मेसिन नहुँदा मापसे जाँचमा समस्या

काठमाडौं – काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा

धानको समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले नेपाल सरकारले तोकेको धानको