आतङ्कवाद निर्मूल पार्न पाकिस्तान र इरान सहमत « Khabarhub

आतङ्कवाद निर्मूल पार्न पाकिस्तान र इरान सहमत


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तान र इरानले सीमा क्षेत्रबाट आतङ्कवाद निर्मूल पार्न सहकार्यको प्रतिबद्धता व्यक्त गरेका छन् । दुवै देशका सेनाले एकअर्काका गुप्तचर निकायसँग सहकार्यका साथ आतङ्कवादी सञ्जालविरुद्ध कारबाही एकीकृत रूपमा काम गर्ने बताएका छन् ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्सका अनुसार सेना प्रमुख जनरल असिम मुनिरको दुईदिने इरान भ्रमणका क्रममा दुवै पक्षका सैन्य कमाण्डरबीचको बैठकमा सहकार्यको सहमति भएको हो ।

प्रधानसेनापतिले इरानको सशस्त्र बलका प्रमुख मोहम्मद बगेरी र अन्य सैन्य नेतृत्वसँग आपसी सहयोगबारे छलफल गरेका थिए । खुफिया सूचना आदानप्रदानका माध्यमबाट सुरक्षा क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने तथा आतङ्कवादका सबै रुप र प्रकटीकरणको एकढिक्का भई प्रभावकारी कारबाही गर्ने वाचा दुवै देशका सैन्य कमाण्डरले गरेका थिए ।

प्रधानसेनापति मुनिरले इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमीराब्दुल्लाहियानसँग पनि बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ७ : ३२ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण