तनहुँमा एक महिला मृता फेला « Khabarhub

तनहुँमा एक महिला मृता फेला


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको व्यास नगरपालिका–१३ बेलबासस्थित मादीसेती नदीको किनारमा एक महिलाको शव भेटिएको छ । मादीसेती नदीको सङ्गमस्थलभन्दा करिब सात सय मिटर तल नदी किनारमा करिब ४०÷४५ वर्षकी महिलाको बेवारिसे शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

नामथर, वतन केही पनि नखुलेको महिलाको शव नदीको पानीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । उनका अनुसार असार ३० गते दिउँसो महिला शव तैरिरहेको अवस्थामा भेटिएको हो ।

“गहुँगोरी वर्णको मझौला शरीर, अनुहारको बाहिरी छालाको भाग सडिसकेको, टाउकोको बाहिरी छाला गलिसकेकाले कपालको भाग नभएको अवस्थामा महिलाको शव भेटेका थियौँ”, उनले भने , “शरीरको भाग फुलेको, पाँच फिट उचाइ, दाहिने कानमा बुट्टासहितको सुनजस्तो देखिने पहेलो रङको मुन्द्रा एक थान, नाकमा सोही प्रकारको फुली एक थान र घाँटीमा रातो गेडीवाला पोते भएको माला र बायाँ हातमा रातो चुरा लगाएको अवस्थामा भेटिएको थियो ।”

हालसम्म मृतक महिलाको सनाखतका लागि कहीँ कतैबाट आफन्त प्रहरी कार्यालयको सम्पर्कमा नआएको भन्दै प्रहरीले आफन्त तथा परिवारजनलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ८ : ३८ बजे

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ