तनहुँमा एक महिला मृता फेला « Khabarhub

तनहुँमा एक महिला मृता फेला


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको व्यास नगरपालिका–१३ बेलबासस्थित मादीसेती नदीको किनारमा एक महिलाको शव भेटिएको छ । मादीसेती नदीको सङ्गमस्थलभन्दा करिब सात सय मिटर तल नदी किनारमा करिब ४०÷४५ वर्षकी महिलाको बेवारिसे शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

नामथर, वतन केही पनि नखुलेको महिलाको शव नदीको पानीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । उनका अनुसार असार ३० गते दिउँसो महिला शव तैरिरहेको अवस्थामा भेटिएको हो ।

“गहुँगोरी वर्णको मझौला शरीर, अनुहारको बाहिरी छालाको भाग सडिसकेको, टाउकोको बाहिरी छाला गलिसकेकाले कपालको भाग नभएको अवस्थामा महिलाको शव भेटेका थियौँ”, उनले भने , “शरीरको भाग फुलेको, पाँच फिट उचाइ, दाहिने कानमा बुट्टासहितको सुनजस्तो देखिने पहेलो रङको मुन्द्रा एक थान, नाकमा सोही प्रकारको फुली एक थान र घाँटीमा रातो गेडीवाला पोते भएको माला र बायाँ हातमा रातो चुरा लगाएको अवस्थामा भेटिएको थियो ।”

हालसम्म मृतक महिलाको सनाखतका लागि कहीँ कतैबाट आफन्त प्रहरी कार्यालयको सम्पर्कमा नआएको भन्दै प्रहरीले आफन्त तथा परिवारजनलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ८ : ३८ बजे

एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

बनेपा– धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत

गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक: पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल (तस्बिरहरु)

बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३