बाढीमा बेपत्तालाई मृतक सरह राहत उपलब्ध गराउन सिफारिस | Khabarhub Khabarhub

बाढीमा बेपत्तालाई मृतक सरह राहत उपलब्ध गराउन सिफारिस


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

संखुवासभा – सङ्खुवासभामा गत असार २ गते राति अविरल वर्षापछि आएको बाढीमा बेपत्ता भएकालाई मृतक सरह राहत उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीपहिरामा परेर बेपत्ता भएकालाई मृतक सरह राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।

केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बाढीमा परी जिल्लाका विभिन्न स्थानका २० जना बेपत्ता भए भएका थिए ।

बेपत्ता खोजी कार्यका लागि प्रहरीले विभिन्न संयन्त्र अपनाएको थियो । बाढीमा पुरिएको वा बगाएको स्थानमा मेसिन तथा औजारको सहयोगमा खन्ने, खोज्ने र प्रहरीको तालिमप्राप्त कुकुर लगाएर खोजी गर्दा फेला पार्ने नसकेपछि समितिको बैठकले मृतक सरह राहत उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो । बेपत्ता भएका २० जनामध्ये एक जनाको एक महिनापछि शव फेला परेको प्रहरीले जनाएको छ ।

गत असार २ गतेदेखि हालसम्म निरन्तर रूपमा खोज तलास गर्दासमेत केही चिनोसमेत नभेटिएपछि अब मृतक सरह नै सरकारबाट राहत सुविधाका लागि अन्तिम नामावली गृह मन्त्रालय पठाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताए । लामो समय खोज तथा उद्धारको कार्यमा लागे पनि हालसम्म उनीहरूको अवस्था अज्ञात रहेकाले उनीहरूलाई मृतक सरह राहत उपलब्ध गराउनका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएको प्रजिअ कार्कीको भनाइ छ ।

बाढीमा परी सुपर हेवाखोला हाइड्रोपावरका १६, अपरहेवाखोला जलविद्युत् आयोजनाका एक, अमर कन्स्ट्रक्सन (सडक निर्माण कम्पनी) का एक जना र पहिरोमा परी सभापोखरी–३ सुनाम्लामा दुई जना गरी हालसम्म २० बेपत्ता रहेका छन् । उनीहरूलाई अब मृतक सरह राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गरिएको हो ।

बाढीपहिराले सङ्खुवासभामा २९ घर विस्थापित भएका छन् । तीमध्ये १४ घर पूर्ण क्षति र १५ घरमा आंशिक क्षति भएको छ । बाढीले भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लाभर पुल, नहर गरी २८ वटा भौतिक क्षति भएका छन् भने ठूला आयोजनाअन्तर्गतका सडक, पक्की पुल र झोलुङ्गे पुल गरी १३ वटा क्षति भएको छ । हेवाखोलाको पक्की पुल बगाउँदा पाँचखपन र चैनपुरको आवतजावत नै बन्द भएको छ ।

जिल्लाभर सुपरहेवा हाइड्रोपावर, अपरहेवा हाइड्रोपावर, पिलुवाखोला हाइड्रोपावर, मायाखोला हाइड्रोपावर, रिभर फल्स हाइड्रो पावर, शुभम् पावर हाइड्रो, लङखुवा हाइड्रो पावर, अरुण तेस्रो अडिट–२ आम्राङलगायत १३ हाइड्रो पावरमा करोडौँ रूपैयाँ बराबरको क्षति भएको छ भने तीन वटा ठूला खानेपानी आयोजनामा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ९ : ४८ बजे

प्रचण्डको हिसाब- अहिलेको सरकार जति लामो टिक्छ, उति धेरै फाइदा माओवादीलाई हुन्छ

नेपालगञ्ज- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक : प्रचण्ड

कैलाली– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई

व्यावसायिक रूपमा नौमती बजाउँदै महिला

 इलाम– यहाँको रोङ गाउँपालिकाले नौमती बजाउने तालिम दिएपछि यहाँका महिलाहरूले

पलको गृहजिल्ला दाङ जान नपाएपछि दुर्गेशको आक्रोश- बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनुभयो

काठमाडौं- गायक दुर्गेश थापाले दाङमा आफ्नो कार्यक्रम रोकिएको भन्दै सामाजिक

गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्ड सेवा

रौतहट– रौतहटको पूर्विभेग दुर्गाभगवती गाँउपालिकामा गर्भवती महिलालाई नि:शुल्क अल्ट्रासाउन्ड सेवा