खैरो हेरोइन जस्तो देखिने वस्तुसहित भारतीय नागरिक पक्राउ « Khabarhub

खैरो हेरोइन जस्तो देखिने वस्तुसहित भारतीय नागरिक पक्राउ


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित भारत सुपौल भगवानपुर–११ बस्ने २१ वर्षीय रोशनकुमार पासवानलाई आज प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले झापाबाट काठमाडौँतर्फ आउँदै गरेको प्र ०२–००१ ख ५५४९ नंको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १० : १४ बजे

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी