कसरी बन्छ आकाशमा सप्तरंगी इन्द्रेणी ? यहाँ हेर्नुहोस् « Khabarhub

कसरी बन्छ आकाशमा सप्तरंगी इन्द्रेणी ? यहाँ हेर्नुहोस्


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्षाको समयमा घाम र पानीको समिश्रणपछि आकासमा इन्द्रेणी देखिन्छ । इन्द्रेणी प्रकृतिको ती चिन्हहरू मध्ये एक हो जसले बच्चादेखि वयस्कसम्मलाई धेरै आनन्द दिन्छ ।

इन्द्रेणीमा सात रङ्गहरू हुन्छन् । जसमा रातो, सुन्तला, पहेँलो, हरियो, आकाशे निलो, गाढा निलो र बैजनी रङ्ग क्रमैसँग देखिन्छन् । यसमा सबैभन्दा माथिल्लो छेउमा रातो रङ्ग र अर्को छेउमा बैजनी रङ्ग देखिन्छ ।

जसले हामी सबैको मन लोभ्याउने गर्छ । जसका कारण हामी इन्द्रेणी लागको बेला तस्वीरहरू खिचेर सामाजिक संजालमा राख्न रुचाउँछौँ । तर हामी मध्ये धेरैलाई इन्द्रेणी कसरी बन्छ भन्ने थाहा नहुन सक्छ ।

सूर्यको प्रकाशमा विभिन्न प्रकारका सातवटा रङहरू रहेका हुन्छन् । त्यसलाई हामीले हाम्रो नाङ्गो आँखाले देख्न सक्दैनौँ ।

जब पानी पर्छ तब आकासबाट असंख्य पानीका थोपाहरू जमिनमा खस्ने गर्छन् । जसबाट हामी आनन्द पनि लिने गर्छौँ । त्यहि पानीका थोपाहरूमा घाममा पर्दा सातवटा रङमा देखिने गर्दछ । जसलाई हामी इन्द्रेणी लागेको भन्छौँ ।

इन्द्रेणी वा इन्द्रधनुष प्रकाश र रङ्गबाट उत्पन्न भएको यस्तो घटना हो, जसमा रंगीन प्रकाशको एउटा अर्धवृत्त आकाशमा सात रंगमा देखिन्छ ।

जब सूर्यको प्रकाश पृथ्वीको वायुमण्डलमा भएको पानीको थोपा माथि पर्छ, पानीको थोपाले प्रकाशलाई परावर्तन, आवर्तन र डिस्पर्सन गर्दछ । फलस्वरुप आकाशमा एउटा सप्तरङ्गी अर्धवृत्ताकार प्रकाशीय आकृति उत्पन्न हुन पुग्छ । यो आकृतिलाई नै इन्द्रेणी भनिन्छ ।

इन्द्रेणी देखिनुको कारण वायुमण्डलमा पानीका कणहरू हुनु नै हो । वर्षा, झरनाबाट उछिट्टिएको पानी, शीत, कुहिरो आदिको इन्द्रेणी देखिने प्रक्रियामा महत्वपूर्ण भूमिका हुन्छ ।

इन्द्रेणी पूर्ण वृत्ताकार समेत हुन सक्ने भए पनि साधारण अवलोकनकर्ताले जमिनमाथि बनेको आधा भाग मात्र देख्न सकिन्छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ६ : २३ बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार