कसरी बन्छ आकाशमा सप्तरंगी इन्द्रेणी ? यहाँ हेर्नुहोस् « Khabarhub

कसरी बन्छ आकाशमा सप्तरंगी इन्द्रेणी ? यहाँ हेर्नुहोस्


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्षाको समयमा घाम र पानीको समिश्रणपछि आकासमा इन्द्रेणी देखिन्छ । इन्द्रेणी प्रकृतिको ती चिन्हहरू मध्ये एक हो जसले बच्चादेखि वयस्कसम्मलाई धेरै आनन्द दिन्छ ।

इन्द्रेणीमा सात रङ्गहरू हुन्छन् । जसमा रातो, सुन्तला, पहेँलो, हरियो, आकाशे निलो, गाढा निलो र बैजनी रङ्ग क्रमैसँग देखिन्छन् । यसमा सबैभन्दा माथिल्लो छेउमा रातो रङ्ग र अर्को छेउमा बैजनी रङ्ग देखिन्छ ।

जसले हामी सबैको मन लोभ्याउने गर्छ । जसका कारण हामी इन्द्रेणी लागको बेला तस्वीरहरू खिचेर सामाजिक संजालमा राख्न रुचाउँछौँ । तर हामी मध्ये धेरैलाई इन्द्रेणी कसरी बन्छ भन्ने थाहा नहुन सक्छ ।

सूर्यको प्रकाशमा विभिन्न प्रकारका सातवटा रङहरू रहेका हुन्छन् । त्यसलाई हामीले हाम्रो नाङ्गो आँखाले देख्न सक्दैनौँ ।

जब पानी पर्छ तब आकासबाट असंख्य पानीका थोपाहरू जमिनमा खस्ने गर्छन् । जसबाट हामी आनन्द पनि लिने गर्छौँ । त्यहि पानीका थोपाहरूमा घाममा पर्दा सातवटा रङमा देखिने गर्दछ । जसलाई हामी इन्द्रेणी लागेको भन्छौँ ।

इन्द्रेणी वा इन्द्रधनुष प्रकाश र रङ्गबाट उत्पन्न भएको यस्तो घटना हो, जसमा रंगीन प्रकाशको एउटा अर्धवृत्त आकाशमा सात रंगमा देखिन्छ ।

जब सूर्यको प्रकाश पृथ्वीको वायुमण्डलमा भएको पानीको थोपा माथि पर्छ, पानीको थोपाले प्रकाशलाई परावर्तन, आवर्तन र डिस्पर्सन गर्दछ । फलस्वरुप आकाशमा एउटा सप्तरङ्गी अर्धवृत्ताकार प्रकाशीय आकृति उत्पन्न हुन पुग्छ । यो आकृतिलाई नै इन्द्रेणी भनिन्छ ।

इन्द्रेणी देखिनुको कारण वायुमण्डलमा पानीका कणहरू हुनु नै हो । वर्षा, झरनाबाट उछिट्टिएको पानी, शीत, कुहिरो आदिको इन्द्रेणी देखिने प्रक्रियामा महत्वपूर्ण भूमिका हुन्छ ।

इन्द्रेणी पूर्ण वृत्ताकार समेत हुन सक्ने भए पनि साधारण अवलोकनकर्ताले जमिनमाथि बनेको आधा भाग मात्र देख्न सकिन्छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ६ : २३ बजे

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप