उच्च प्रहरी अधिकारीको सरुवासम्बन्धी मापदण्ड जारी, दम्पत्तिलाई एउटै वा नजिकैको कार्यालयमा सरुवा गरिने « Khabarhub

उच्च प्रहरी अधिकारीको सरुवासम्बन्धी मापदण्ड जारी, दम्पत्तिलाई एउटै वा नजिकैको कार्यालयमा सरुवा गरिने


३२ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीका उच्च अधिकारीको सरुवासम्बन्धी मापदण्ड जारी भएको छ । उपप्रधान एवम गृहमन्त्री नाराणणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्ड स्वीकृत गरेका हुन् ।

यसअघि प्रहरी प्रधान कार्यालय नीति निर्माण समितिको बैठकले साउन २८ गते यससम्बन्धी मापदण्ड पारित गरेको थियो । नयाँ मापदण्ड अनुसार प्रहरी एकाईलाई तीन समूहमा वर्गीकरण गरिएको छ ।

प्रहरी नियवमाली अनुसार डीआईजीको सरुवा प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रालयले गर्ने व्यवस्था गरिएको छ ।

नयाँ मापदण्डमा प्रहरीमा कार्यरत दम्पत्तिलाई एउटै वा नजिकैको प्रहरी कार्यालयमा सरुवा गर्ने व्यवस्था गरिएको छ । यो सुविधा एक दर्जामा एक पटक र सेवा अवधिमा २ पटकसम्म प्राप्त हुने व्यवस्था छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ६ : ०२ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म