मलेसियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु « Khabarhub

मलेसियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- मलेसियाको मध्य सेलान्गोर राज्यमा बिहीबार एक सानो विमान सडकमा ठोक्किँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी प्रमुखले बताएका छन् ।

स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले भने, “दुर्घटनामा विमानमा सवार आठ जनासँगै कारमा र मोटरसाइकलमा सवार एक–एक जना गरी १० जनाको मृत्यु भएको छ ।”

मृत्यु हुनेमा मध्य पाहाङ राज्यका आवास तथा वातावरण हेर्ने राज्य सभा सदस्य जोहरी हारुन पनि रहेको प्रहरीले जनाएको छ ।

मलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै विमानमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य रहेको जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रमुख नोराजमान महमुदका अनुसार विमान उत्तरी रिसोर्ट टापु लाङकावीबाट राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ उडेको थियो ।

हवाई दुर्घटनाबारे ब्युरोले तत्बाल अनुसन्धान सुरू गर्ने उनले बताए ।

मलेसियाली वायु सेनाका पूर्व सदस्य मोहम्मद स्याहमी मोहम्मद हाशिमले भने, “विमान अनियमित रुपमा उडिरहेको आफूले देखेको र त्यसको केही समयपछि ठूलो आवाज सुनिएको थियो ।”

उनले भने, “म घटनास्थलतर्फ गएँ र एउटा विमानको अवशेष देखेँ । मैले एउटा मानव शरीरमा आगो लागेको पनि देखें । तर आगो जलिरहेकोले मैले केही गर्न सकिनँ ।”

अन्य प्रत्यक्षदर्शीका अनुसार विचक्राफ्ट मोडेल ३९० शाह आलमको उपनगर नजिकै एल्मिना इस्टेटको जमिनमा ठोक्किँदा आगो लागेको थियो । विस्फोटको ठूलो आवाज पनि सुनिएको प्रहरीले जनाएको छ ।

एक्स (ट्वीटर) का एक प्रयोगकर्तामार्फत् दुर्घटना स्थलबाट आगो र कालो धुवाँ निस्केको एक छोटो भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा भग्नावशेष चारैतिर छरिएको थियो र पृष्ठभूमिमा घरहरू देख्न सकिन्थ्यो ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ६ : ५५ बजे

लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

सिद्धार्थनगर– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक

गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित

रास्वपा बैठकमा खैलाबैला, सांसदमाथि खनिए कार्यकर्ता

काठमाडौं- बारामा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित

‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वास्थ्यमन्त्री मेहताको छलफल

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी

कान्समा ‘एलिफेन्ट्स इन द फग’ लाई जुरी अवार्ड

काठमाडौं- विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रले ऐतिहासिक सफलता हासिल