मलेसियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु « Khabarhub

मलेसियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- मलेसियाको मध्य सेलान्गोर राज्यमा बिहीबार एक सानो विमान सडकमा ठोक्किँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी प्रमुखले बताएका छन् ।

स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले भने, “दुर्घटनामा विमानमा सवार आठ जनासँगै कारमा र मोटरसाइकलमा सवार एक–एक जना गरी १० जनाको मृत्यु भएको छ ।”

मृत्यु हुनेमा मध्य पाहाङ राज्यका आवास तथा वातावरण हेर्ने राज्य सभा सदस्य जोहरी हारुन पनि रहेको प्रहरीले जनाएको छ ।

मलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै विमानमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य रहेको जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रमुख नोराजमान महमुदका अनुसार विमान उत्तरी रिसोर्ट टापु लाङकावीबाट राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ उडेको थियो ।

हवाई दुर्घटनाबारे ब्युरोले तत्बाल अनुसन्धान सुरू गर्ने उनले बताए ।

मलेसियाली वायु सेनाका पूर्व सदस्य मोहम्मद स्याहमी मोहम्मद हाशिमले भने, “विमान अनियमित रुपमा उडिरहेको आफूले देखेको र त्यसको केही समयपछि ठूलो आवाज सुनिएको थियो ।”

उनले भने, “म घटनास्थलतर्फ गएँ र एउटा विमानको अवशेष देखेँ । मैले एउटा मानव शरीरमा आगो लागेको पनि देखें । तर आगो जलिरहेकोले मैले केही गर्न सकिनँ ।”

अन्य प्रत्यक्षदर्शीका अनुसार विचक्राफ्ट मोडेल ३९० शाह आलमको उपनगर नजिकै एल्मिना इस्टेटको जमिनमा ठोक्किँदा आगो लागेको थियो । विस्फोटको ठूलो आवाज पनि सुनिएको प्रहरीले जनाएको छ ।

एक्स (ट्वीटर) का एक प्रयोगकर्तामार्फत् दुर्घटना स्थलबाट आगो र कालो धुवाँ निस्केको एक छोटो भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा भग्नावशेष चारैतिर छरिएको थियो र पृष्ठभूमिमा घरहरू देख्न सकिन्थ्यो ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ६ : ५५ बजे

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन