फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेन | Khabarhub Khabarhub

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेन


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिकामा निर्माण हुने भनिएको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेको छैन । यसका लागि रूख कटानको अनुमति नपाउँदा कामले गति लिन नसकेको हो ।

दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी गत वर्ष नै चिनियाँ कम्पनीसँग सम्झौता गरिएको थियो । धनगढी –७ स्थित पटेलामा क्षेत्रीय सहरी विकास आयोजनाले केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरेको जनाइएको छ ।

एसियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा धनगढीमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङसँग सम्झौता भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले जानकारी दिए ।

उनका अनुसार दुई वर्षभित्रै एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि गत वर्ष पुस महिनामा ९६ करोड ८२ लाख ३९ हजार छ सय ४६ रुपैयाँमा सो चिनियाँ कम्पनीसँग सम्झौता भएको हो ।

सो केन्द्र निर्माणस्थलमा झण्डै दुई हजार रूख काट्नुपर्ने देखिएको छ । रूख कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) समेत स्वीकृत भइसकेको जनाइएको छ । 

गत फागुन १५ गते ईआईए स्वीकृत भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालयले जनाएको छ । तर केन्द्र निर्माणको काम अलपत्र परेको छ । 

रूख कटान अनुमतिका लागि वन मन्त्रालयमा प्रतिवेदन बुझाइसकिएको आयोजना कार्यालयले जनाएको छ । फोहरमैला व्यवस्थापन केन्द्र बनाउन २२ हेक्टर क्षेत्रफलमा करिब दुई सय बिरुवा काट्नुपर्ने क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर कलौनीको भनाइ छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ११ : ०६ बजे

जेठो बूढो धानमा ‘ब्लाष्ट’ रोग देखिएपछि किसान चिन्तित

पर्वत– धान रोपेको महिना दिन नपुग्दै यहाँका विभिन्न स्थानमा पोखरेली

राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माणपछि स्थानीय खुसी

बाँके– राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण भएपछि स्थानीयवासिन्दा खुसी भएका

लेबनानको क्याबिनेटबाट हिजबुल्लाह निःशस्त्रीकरणको प्रस्ताव स्वीकृत

लेबनान – लेबनानको क्याबिनेट बैठकले हिजबुल्लाहको निःशस्त्रीकरणको योजनालाई स्वीकार गरेको

ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या, स्थानीयका गुनासैगुनासा

ललितपुर- ललितपुरमा खानेपानीको समस्या जटिल बन्दै गएको छ । जिल्लाका

बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न मुख्यमन्त्री कार्यालयबाट पत्राचार

कर्णाली– कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष