बिजुली खपत बढाउन विद्युतीय सवारी प्रवर्द्धनमा ध्यान केन्द्रित गरेका छौ : ऊर्जामन्त्री बस्नेत « Khabarhub

बिजुली खपत बढाउन विद्युतीय सवारी प्रवर्द्धनमा ध्यान केन्द्रित गरेका छौ : ऊर्जामन्त्री बस्नेत


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सरकारले थप नीतिगत प्रबन्धका अलावा थप सहजीकरण गर्ने बताएका छन् । उनले वातावरणको संरक्षणका साथ साथै देशभित्रको बिजुलीको खपत बढाउनका लागि पनि विद्युतीय सवारी साधनको प्रवर्द्धन जरुरी रहेको उल्लेख गरे ।

काठमाडौँको भृकुटीमण्डपमा जारी सवारी साधनहरुको मेला नाडा अटो शो २०२३ को स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि देशव्यापी रुपमा थप चार्जिङ स्टेशन निर्माणलाई पनि प्राथमिकता दिइएको बताए ।

निजी क्षेत्रले चार्जिङ स्टेशन निर्माण गर्न चाहेको खण्डमा आवश्यक सहजीकरण गरिएको, विद्युत् प्राधिकरणले प्रसारण प्रणाली तथा ट्रान्सफर्मर समेत प्रबन्ध गरिरहेको जानकारी दिँदै मन्त्री बस्नेतले युग सुहाउँदो विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि गर्न सकिने जति सबै काम गरिने विश्वास दिलाए ।

उनले प्राधिकरणले हालै मात्र देशभर ५१ वटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको जानकारी दिँदै क्रमशः देशभर नै थप त्यस्ता स्टेशन निर्माण गरेर विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने बताए ।

निजी क्षेत्रलाई सघन रुपमा चार्जिङ स्टेशन निर्माणका लागि लगानी गर्न आग्रह गर्दै मन्त्री बस्नेतले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट मात्रै वातावरणको संरक्षण र बिजुलीको खपत बढाउन सकिने स्पष्ट पारे । मन्त्री बस्नेतले विद्युतीय सवारी साधनको प्रवर्द्धन गरेसँगै वातावरणको संरक्षणका अलावा पेट्रोलियम पदार्थको खरिदका लागि विदेशिने ठूलो रकम जोगाउनका लागि समेत सहयोगी बन्ने स्पष्ट पारे ।

सो अवसरमा नाडाका पदाधिकारीले मेलामा राखिएका विद्युतीय सवारी साधनको बारेमा जानकारी गराउँदै नीतिगत स्थिरता कायम गरिदिन र विद्युतीय सवारीमा लाग्दै आएको कर घटाइदिन मन्त्री बस्नेतसँग आग्रह गरेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ५ : ३७ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने