दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा गैह्रीगाउँ हत्याकाण्ड : पक्राउ परेका सञ्जय भण्डारीद्वारा चारै जनाको हत्या गरेको स्वीकार, ६ मिलियन डलर ऋण लिने सरकारको निर्णय, ६० किलो सुन तस्करी प्रकरण : २९ जनाविरुद्ध मुद्दा दर्ता, पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, एसिया कपको उपाधि भारतले जित्यो, श्रीलंका १० विकेटले पराजितगायतका समाचारले प्रमुख स्थान पाए ।

गैह्रीगाउँ हत्याकाण्ड : पक्राउ परेका सञ्जय भण्डारीद्वारा चारै जनाको हत्या गरेको स्वीकार

काठमाडौँको तिनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको घटनामा पक्राउ परेका सञ्जय भण्डारीले हत्या गरेको स्वीकार गरेका छन् ।

भण्डारीले चार जनाकै हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बोल्न नसक्ने उनले कागजमा ‘आई किल्ड फोर पिपुल’ लेखेको प्रहरीले जनाएको छ ।

साउन महिनामा रेमिट्यान्स आप्रवाह २५.८ प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ पुगेको जनाएको छ ।

आइतबार आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले विप्रेषण आप्रवाह २५.८ प्रतिशतले वृद्धि भएको जनाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो ।

६ मिलियन डलर ऋण लिने सरकारको निर्णय

सरकारले अपर अरुण जलविद्युत परियोजनाको पूर्वतयारीको लागि विश्व बैङ्कबाट सहुलियत ऋण सहायता लिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले अपर अरुण जलविद्युत परियोजनाको लागि विश्व बैङ्कबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिइन् ।

साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५२ प्रतिशत

नेपाल राष्ट्र बैंकले २०८० साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५२ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

सामान्य प्रशासन मन्त्रालयद्वारा १७ शाखा अधिकृतको सरुवा, को कहाँ ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो ।

चिचिला गाउँपालिकाकी प्रखुख प्रशासकीय अधिकृत शुक्रादेवी राईलाई जिल्ला समन्वय समिति संखुवासभा, पाथिभरा याङवरक गाउँपालिका ताप्लेजुङमा कार्यरत जनार्दन निरौलालाई बाह्रदशी गाउँपालिका झापा, कल्याणपुर नगरपालिका सिरहामा कार्यरत विष्णुरञ्जन बराललाई मिर्चैया नगरपालिका सिरहा पढाइएको छ ।

बिजुली खपत बढाउन विद्युतीय सवारी प्रवर्द्धनमा ध्यान केन्द्रित गरेका छौ : ऊर्जामन्त्री बस्नेत

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सरकारले थप नीतिगत प्रबन्धका अलावा थप सहजीकरण गर्ने बताएका छन् । उनले वातावरणको संरक्षणका साथ साथै देशभित्रको बिजुलीको खपत बढाउनका लागि पनि विद्युतीय सवारी साधनको प्रवर्द्धन जरुरी रहेको उल्लेख गरे ।

काठमाडौँको भृकुटीमण्डपमा जारी सवारी साधनहरुको मेला नाडा अटो शो २०२३ को स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि देशव्यापी रुपमा थप चार्जिङ स्टेशन निर्माणलाई पनि प्राथमिकता दिइएको बताए ।

६० किलो सुन तस्करी प्रकरण : २९ जनाविरुद्ध मुद्दा दर्ता

सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालत मुद्दा दर्ता भएको छ । ६० किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन तयार पारेको थियो । यद्यपि जिल्ला सरकारी वकिलको कार्यालयले भने २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा

हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको हो ।

तीजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ । यस वर्षको हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्ने गरी तयारी भएको छ ।

एसिया कपको उपाधि भारतले जित्यो, श्रीलंका १० विकेटले पराजित

एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकाको राजधानी कोलम्बोस्थित आर प्रमादासा रंगलशालामा सम्पन्न खेलमा आयोजक श्रीलंकलाई भारतले १० विकेटले पराजित गर्‍यो ।

श्रीलंकाले दिएको ५१ रनको झिनो लक्ष्य भारतले केबल ६ ओभर १ बलमा भेट्टायो । भारतका लागि शुभमन गिलले २७ र इसान किसनले २३ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ५० रनमै अल आउट भएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ८ : ५९ बजे

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको

काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको

लेबनानमा विनाश दोहोरिनसक्ने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी – संयुक्त राष्ट्र मानवीय अधिकारीहरूले मङ्गलबार गाजामा भएजस्तै विनाशबाट