लागूऔषधसहित तीन बालक प्रहरी नियन्त्रणमा | Khabarhub Khabarhub

लागूऔषधसहित तीन बालक प्रहरी नियन्त्रणमा


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज – वीरगन्जमा लागूऔषधसहित तीन जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगन्ज महानगरपालिका–१५, ब्रम्हचोकबाट लागूऔषध नाइट्राभेट ट्याब्लेटसहित तीन जना बालकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक, भक्तपुर र बाराका तीन जना बालक रहेको प्रहरीले जनाएको छ। उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

नाइट्राभेट ट्याब्लेट ३३७ पिससहित भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का १६ वर्षीय , सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का १७ वर्षीय र बाराको प्रसौनी गाउँपालिका-३ का १७ वर्षीय बालकलाई लागूऔषधसहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

ब्रम्हचोकमा चुरो सेवन गरेर बसिरहेको अवस्थामा उनीहरूलाई शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनीहरूको साथबाट ३३७ पिस नाइट्राभेट ट्याब्लेट बरामद गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर उनीहरू विरुद्ध लागूऔषध सम्बन्धी कसूर मुद्दामा आइतबार पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ८ : ४८ बजे

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका