लागूऔषधसहित तीन बालक प्रहरी नियन्त्रणमा « Khabarhub

लागूऔषधसहित तीन बालक प्रहरी नियन्त्रणमा


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज – वीरगन्जमा लागूऔषधसहित तीन जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगन्ज महानगरपालिका–१५, ब्रम्हचोकबाट लागूऔषध नाइट्राभेट ट्याब्लेटसहित तीन जना बालकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक, भक्तपुर र बाराका तीन जना बालक रहेको प्रहरीले जनाएको छ। उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

नाइट्राभेट ट्याब्लेट ३३७ पिससहित भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का १६ वर्षीय , सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का १७ वर्षीय र बाराको प्रसौनी गाउँपालिका-३ का १७ वर्षीय बालकलाई लागूऔषधसहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

ब्रम्हचोकमा चुरो सेवन गरेर बसिरहेको अवस्थामा उनीहरूलाई शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनीहरूको साथबाट ३३७ पिस नाइट्राभेट ट्याब्लेट बरामद गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर उनीहरू विरुद्ध लागूऔषध सम्बन्धी कसूर मुद्दामा आइतबार पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ८ : ४८ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन