चाडपर्वमा सजकता अपनाउन उपभोक्तालाई ओलीको आग्रह « Khabarhub

चाडपर्वमा सजकता अपनाउन उपभोक्तालाई ओलीको आग्रह


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चाडपर्वमा उपभोक्तालाई सजकता अपनाउन आग्रह गरेका छन् । ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा पार्टीको उपभोक्ता हित तथा सुशासन विभागले बढ्दो महँगी र उपभोक्ता हितको सवाल विषयक विचार गोष्ठीमा उनले चाडपर्वको बेला उपभोक्ता ठगिने गरेको भन्दै सरकारले सजकता अपनाउनुपर्ने बताए ।

“चाडपर्वमा बेला उपभोक्ता मर्का परेर, महँगीको मारले कृत्रिम अभाव सिर्जना भएर, ठगीमा परेर, गुणस्तरीय समान नभएर, उचित मूल्य नभएर अझ बढी पीडामा सर्वसाधारण नपरुन् भनेर सरकारले सजकता अपनाउनुपर्दछ”, उनले भने, “चाडवाडका बेला सर्वसाधारण ठगिनु हुँदैन ।”

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणबाट फर्किसकेपछि उपभोक्ता हित संरक्षणबारे आफूले कुरा गर्ने बताए । उनले सरकारलाई उपभोक्ता हित संरक्षण गर्नका लागि बाध्य पार्नुपर्ने बताए । उनले जनता आफैँ ठगिएको थाहा नपाउने भन्दै ठगिएको कुरा जनतालाई बुझाउनुपर्ने बताए।

अध्यक्ष ओलीले उपभोक्त हित संरक्षणबारे पार्टीले जागरण अभियान र संसद्मा कुरा उठाउने भन्दै स्थानीय जनप्रतिनिधिलाई पनि उपभोक्ता हित संरक्षणमा सजकता अपनाउन आग्रह गर्नुपर्ने भनाइ राखे ।

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले बजारलाई सुसूचित गर्ने प्रणाली नभएकाले उपभोक्ता ठगीमा पर्ने गरेको बताए । उनले बजार अनुगमन गर्ने संयन्त्र नभएको कतिपय सामग्रीको चार वर्षमा भएको मूल्यवृद्धि अहिले दुई वर्षमा भएको बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ९ : २८ बजे

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा