चाडपर्वमा सजकता अपनाउन उपभोक्तालाई ओलीको आग्रह | Khabarhub Khabarhub

चाडपर्वमा सजकता अपनाउन उपभोक्तालाई ओलीको आग्रह


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चाडपर्वमा उपभोक्तालाई सजकता अपनाउन आग्रह गरेका छन् । ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा पार्टीको उपभोक्ता हित तथा सुशासन विभागले बढ्दो महँगी र उपभोक्ता हितको सवाल विषयक विचार गोष्ठीमा उनले चाडपर्वको बेला उपभोक्ता ठगिने गरेको भन्दै सरकारले सजकता अपनाउनुपर्ने बताए ।

“चाडपर्वमा बेला उपभोक्ता मर्का परेर, महँगीको मारले कृत्रिम अभाव सिर्जना भएर, ठगीमा परेर, गुणस्तरीय समान नभएर, उचित मूल्य नभएर अझ बढी पीडामा सर्वसाधारण नपरुन् भनेर सरकारले सजकता अपनाउनुपर्दछ”, उनले भने, “चाडवाडका बेला सर्वसाधारण ठगिनु हुँदैन ।”

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणबाट फर्किसकेपछि उपभोक्ता हित संरक्षणबारे आफूले कुरा गर्ने बताए । उनले सरकारलाई उपभोक्ता हित संरक्षण गर्नका लागि बाध्य पार्नुपर्ने बताए । उनले जनता आफैँ ठगिएको थाहा नपाउने भन्दै ठगिएको कुरा जनतालाई बुझाउनुपर्ने बताए।

अध्यक्ष ओलीले उपभोक्त हित संरक्षणबारे पार्टीले जागरण अभियान र संसद्मा कुरा उठाउने भन्दै स्थानीय जनप्रतिनिधिलाई पनि उपभोक्ता हित संरक्षणमा सजकता अपनाउन आग्रह गर्नुपर्ने भनाइ राखे ।

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले बजारलाई सुसूचित गर्ने प्रणाली नभएकाले उपभोक्ता ठगीमा पर्ने गरेको बताए । उनले बजार अनुगमन गर्ने संयन्त्र नभएको कतिपय सामग्रीको चार वर्षमा भएको मूल्यवृद्धि अहिले दुई वर्षमा भएको बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ९ : २८ बजे

एमाले विधान महाधिवेशन आज सकिँदै, समूहगत छलफलमा उठेका विषयमा अध्यक्ष ओलीले जवाफ दिने

ललितपुर– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनमा आज समूहगत छलफलको

आज राति खग्रास चन्द्रग्रहण लाग्ने, कुन राशिलाई कस्तो फल ?

काठमाडौं– भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दै छ

आज निजामती सेवा दिवस मनाइँदै

काठमाडौं– आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ

पर्यटकीय गन्तव्य बन्दै गाईखुरे झरना

लमजुङ– झर्झराउँदो झरना । पहाडको बीच भागबाट झर्दै गरेको पानी

पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै

भोजपुर– भोजपुरका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको छ