कङ्गोमा भएको सशस्त्र आक्रमणमा १८ सर्वसाधारणको मृत्यु « Khabarhub

कङ्गोमा भएको सशस्त्र आक्रमणमा १८ सर्वसाधारणको मृत्यु


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पश्चिमी कङ्गोमा सन् २०२२ को जुनदेखि साम्प्रदायिक हिंसा भड्किरहेको बेला मिलिसिया समूहको आक्रमणमा परी १८ जना सर्वसाधारण र एक सैनिकको मृत्यु भएको सरकारी अधिकारीहरूले आइतबार बताएका छन् ।

राजधानी किन्शासाबाट करिब १९० किलोमिटर दक्षिणपूर्वमा पर्ने किम्वुलाको फाइनल गाउँमा गत सोमबार ‘मोबोन्डो’ मिलिसियाले ती सर्वसाधारणको हत्या गरेको सरकारका प्रवक्ता प्याट्रिक मुयायाले मन्त्रीपरिषद्को बैठकपछि जानकारी दिए ।

उनले मारिएका १८ जना सर्वसाधारणसँगै एक सैनिक पनि मारिएको र अर्का एक जना अझै बेपत्ता रहेको र गाउँ जलेको बताए । यस क्षेत्रमा साम्प्रदायिक हिंसा मार्चमा भड्किनुभन्दा पहिले हालैका महिनाहरूमा कम भएको थियो, यस क्षेत्रका समूहहरूले टिकी समुदायलाई लक्षित गरी आक्रमण गरेका थिए ।

सन् १९९० र २० को दशकमा फैलिएको क्षेत्रीय युद्धको विरासतका रूपमा रहेको खनिज पदार्थले भरिपूर्ण देशको पूर्वी क्षेत्रमा दर्जनौं सशस्त्र समूहको उदय भएको विद्रोहलाई दबाउन डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोले सङ्घर्ष गरिरहेको बेला हिंसा भएको हो ।

प्रजातान्त्रिक जनगणतन्त्र कङ्गोले आफ्नो सानो छिमेकी रुवान्डाले पूर्वमा विद्रोहीलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  १० : ५४ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ