एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि, अध्यक्षमा चारजना आकांक्षी « Khabarhub

एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि, अध्यक्षमा चारजना आकांक्षी


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रत्येक दुईवर्षमा हुने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । 

अधिवेशनको दिउँसो २ बजे होटल सोल्टीमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै अधिवेशनको समापन कात्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

एनआरएनएको अध्यक्ष पदका लागि चार आकाङ्क्षीले प्रतिस्पर्धा गर्दैछन् । महाधिवेशनमा अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा दाबेदारी प्रस्तुत गरेको एनआरएनए सचिवालयले जनाएको छ ।

एनआरएनएको महाधिवेसनले अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ  ।

एनआरएनएले ८७ वटै शाखाको अधिवेशन सकिसकेको छ भने ४ हजार २ सय २७ प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिसकेको छ।  एनआरएनएमा ९६ हजार सङ्गठित सदस्य रहेको बताइन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ७ : २७ बजे

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली