बेमौसमी वर्षाले धानमा क्षति « Khabarhub

बेमौसमी वर्षाले धानमा क्षति


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा बेमौसमी वर्षाले धानमा क्षति गरेपछि किसान दुःखी भएका छन् । धानबाली भित्र्याउने समयमा हावाहुरीसहितको वर्षाले धानबालीमा क्षति गरेपछि किसान चिन्तित बनेका हुन् ।

टीकापुरका किसान निर्मल विकले काटेर सुकेको धान पानीमा भिजेको बताए । पानी पर्ने सूचना पाएपछि धान थेसरिङ गर्ने (दाउने) तयारी गरे पनि ट्रयाक्टर नपाउँदा निर्मलको सुकेको धान खेतमै भिजेको हो । ‘ट्रयाक्टर आउँछ भनेर बाटो कुरेर बसेँ, आएन, समयमै धान घर भित्र्याउन पाइएन’, उनले भने, ‘हावाहुरीले धान यत्रतत्र छरिएको छ । अझै वर्षा भएमा धानबाली खेतमै सड्ने चिन्ता बढेको छ ।’

अर्का किसान पदम ओलीको खेतमा धान पाकेर बाला झुलेका छन् । वर्षाको डरले धान नकाटेका पदमको खेतमा सोमबारको हावाहुरीसहितको वर्षाले क्षति गरेको छ ।

कैलालीको किसानले हरेक वर्ष आउने बेमौसमी वर्षाका कारण पछिल्ला तीन वर्षयता धानबाली राम्ररी भित्र्याउन पाएका छैनन् । कैलालीमा अधिकांश किसानले धान काटेको, अधिकांशको काट्न बाँकी छ । यस्तो बेलामा आएको वर्षाले किसान खुसी हुनसकेका छैनन् ।

टीकापुर–४ का किसान विपिन चौधरीले किसानले काटेको धान खेतमै थुप्रो लगाएको बताए । ‘किसान दिनभरि तनावमा रह्यौँ, अधिकांशले काटेको धान खेतमै थुप्रो लगाएका छन्’, उनले भने, ‘अब यसरी राखिएको धान फेरि मुठा खोलेर सुकाउनुपर्छ, किसानको काम पनि बढ्यो, बालीमा समेत क्षति भयो ।’ 

वर्षा अझै हुने भएकाले कृषि प्राविधिकले किसानलाई केही दिन धान बाली नकाट्न सल्लाह दिएका छन् । कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले सूचना प्रकाशित गरेर किसानलाई बाली नकाट्न सल्लाह दिएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ९ : ५२ बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने